sex2

यौनजन्य क्रियाकपालमा संलग्न चार युवा-युवती पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, २६ माघ । दाङमा प्रहरीले वेश्यावृतिमा संलग्न भएको भन्दै होटलबाट चार जनालाई पक्राउ गरेको छ । उनीहरुका साथै दुई जना होटल सञ्चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

sex2घोराहीको फ्रान्च एण्ड फेम्ली होटल एण्ड लजमा र विपी चोकस्थित हाम्रो खाजा घरमा छापा मार्दा ४ जना युवा युवतीहरु यौनजन्य क्रियाकपालमा संलग्न रहेको फेला पारिएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले ती होटलमा शुक्रवार ३ बजेतिर छापा मारेको थियो । ती युवा युवती र होटल सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About indreni Newsdesk