jana jagritu

जनजागृति माविको वािर्षकोत्सव सम्पन्न

तुलसीपुर, २४ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० पातु वनगाउँमा रहेको जनजागृति माविले ६६ औ वािर्षकोत्सव मनाएको छ । २०१० सालमा दाङको दोस्रो विद्यालयका रुपमा स्थापना भएको विद्यालयले विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो ।

jana jagrituवार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले जागिर खानका लागि विद्यालय सञ्चालन गर्ने प्रवृत्तिको अन्त्य गर्नका लागि उपमहानगर लागिरहेको वताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाण्डेले विद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालयलाई मर्ज गर्नका लागि उपमहानगरपालिकाले प्रक्रिया अगाडि वढाइसकेको भन्दै सामुदायिक विद्यालयको सुधारका लागि आफु प्रतिवद्ध रहेको वताएका थिए ।

आजको विद्यार्थीले विद्यालयबाट मात्रै भन्दा पनि परिवार, प्रविधि र परिवेशबाट नयाँ कुरा सिक्ने वताउँदै नगरप्रमुख पाण्डेले शिक्षकहरु पनि नयाँ प्रविधिसँग अपडेट हुनुपर्ने कुरामा जोड दिएका थिए । वालवालिकालाई पढ्ने वातावरण घरमा अभिभावले पनि वनाउनुपर्ने वताउँदै नगरप्रमुख पाण्डेले कुनै एक पक्षले मात्रै विद्यालय सुधार गर्न खोजेर विद्यालय सुधार हुन नसक्ने कुरा वताए ।

कार्यक्रमका विशिष्ट अतिथि एवम् वडा नम्वर १० का वडाध्यक्ष कुमार लामिछानेले विद्यालय वसुधार गर्नका लागि आफुले हरेक सहयोग गर्न तयार गरेको वताए । उनले वडाकै एकमात्र माध्यमिक विद्यालयलाई नमुना विद्यालय वनाउनका लागि सबैले सहयोग गर्नुपर्ने कुरामा जोड दिए ।

About indreni Newsdesk