विद्यार्थीलाई पुरस्कार बितरण

दाङ, ११ माघ । घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरस्थित ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आफ्नो १८ औ बार्षिकोत्सवको अवसरमा शुक्रवार विद्यालयमा प्रथम द्धितीय र तृतीय आउने उत्कृत विद्यार्थीलाई पुरस्कार बितरण गरेको छ ।

jyotipun 3गत शैक्षिक सत्रमा कक्षा प्रथम, द्धितिय र तृतीय भएका विद्यार्थी र विद्यालयको १८ औ बार्षिकोत्सव सामारोहका अवसरमा आयोजित बिभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका छात्रछात्रालाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियको अध्यक्षता तथा ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय प्रा.लि. का अध्यक्ष हेमराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

About indreni Newsdesk