sutinggggg

सप्तरीमा प्रहरी इन्काउन्टरमा एक जना मारिए

सप्तरी, ९ माघ। सप्तरीको रुपनी गाउँपालिकामा प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ ।

sutराजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरी मारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आज जाँचका क्रममा रोक्न खोजेपछि चौधरीले प्रहरीमाथि गोली फायर गरेका थिए । प्रहरीले जवाफी फायरिङ गर्दा मोटरसाइकल पछाडि बसेका चौधरीको मृत्यु भएको हो । चौधरीको टाउकोमा गोली लागेको छ । उनको साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com