pakrau

भन्सार छली ल्याएका कपडासहित दुई जना पक्राउ

गौशाला, ९ माघ । भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ ।

pakrauपक्राउ पर्नेमा भारत बिहार राज्यको सीतामढी जिल्लाको भेडियाही गाउँ पञ्चायत–५ का ४० वर्षीय सञ्जय साह र महोत्तरीको सोनमा गाउँपालिका–३ का ३५ वर्षीय लालबाबु रायलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो ।

भन्सार छलेर कपडा ल्याउँदै गरेका दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय भिट्ठामोड पठाइएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com