DSC02715

चोरीमा संलग्न पाँच जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, ८ माघ । दाङमा प्रहरीले चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले विभिन्न समयमा घरमा कोही नभएको मौका छोपी नगद, सुन चाँदी, मोवाइल क्यामरालगायतका समाग्री चोरी गर्ने चार जनालाई पक्राउ गरेको हो ।

DSC02715पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ७ बस्ने २० वर्षका सचिन चौधरी, ३६ वर्षका गुरुप्रसाद चौधरी, २० वर्षका कृष्ण चौधरी र १५ वर्षका एक बालक रहेका छन् । उनीहरुको साथबाट नगद तथा जिन्सी गरी करीव ५ लाखको सामान समेत प्रहरीले बरामत गरेको छ ।

यसैगरी तुलसीपुर ७ खर्चवा वस्ने वर्ष २० को तिलक चौधरीलाई मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com