DSC05228

प्रयोगात्मक कक्षामा रमाउँदै विद्यार्थीहरु

तुलसीपुर, २० पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० मा रहेको जन जागृति माध्यमिक विद्यालय पातु वनगाउँका विद्यार्थीहरुले आफै विभिन्न शैक्षिक सामग्री गरेर गणीतका विभिन्न समस्या समाधान गरिरहेका छन् ।

DSC05228विद्यालयका गणीत शिक्षक अर्जुन कोहरका अनुसार विद्यार्थीहरुले स्थानीय कच्चा पदार्थको प्रयोग गरेर विद्यार्थीहरुले विभिन्न ज्यामितिय आकृति वनाउँदै गणितको अभ्यास गरेका थिए ।

“विद्यार्थीमा आफैले गरेर नयाँ कुरा सिक्नुका साथै गणीतको व्यवहारीक प्रयोगका बारे जानकारी दिन यसो गरिएको हो” शिक्षक कोहरले वताए । उनले विद्यार्थीमा सीप सिक्दै नयाँ कुरा जान्ने क्षमताको विकास गर्नका लागि यसो गरिएको वताए ।

विद्यार्थीले पढ्नका लागि सबैभन्दा अल्छि मान्ने विषयलाई रोचक ढँगले अध्यापन गराउनु चुनौति भए पनि विस्तारै रमाईलो हुँदै गएको शिक्षक कोहरले वताए ।

टिच फर नेपालको सहयोगमा २ वर्षका लागि उक्त विद्यालयमा अध्यापन गराउन गएका कोहर विद्यार्थीमा अभिरुचि पैदा गरेर अध्यापन गराउनुपर्ने आवश्यकता रहेको वताउँछन् ।

About indreni Newsdesk