r5

माग्नितोगोर्स्क शहरमा ‘न्यु इयर इभ’ मनाइरहँदा विस्फोट, सातको मृत्यु, ३६ बढी बेपत्ता

काठमाडौं, १७ पुस। रुसको माग्नितोगोर्स्क शहरको एक भवनमा नयाँ वर्ष मनाइरहेको बेला विष्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । धेरै नै घाइते भएका छन् । ५० भन्दा बढीलाई उद्धार गरिएको छ ।

r5१०० तले सो भवनमा ग्यास विष्फोट हुँदा ४८ वटा फ्ल्याट पूरै क्षतिग्रस्त भएका छन् । रुसी समाचार च्यानल वेस्तीले भवनको भग्नावशेषबाट ५० जनालाई उद्धार गरिएको प्रहरीलाई उद्धृत गर्दै जनाएको छ ।

रुसको यो क्षेत्रमा न्यूनतम तापक्रम माइनस १७ डिग्री सेल्सियस रहेकाले पनि उद्धारमा समस्या देखिएको छ । उद्धारमा ढिलाइ भएमा मानवीय क्षति बढ्न सक्ने आशंका गरिएको छ । यो सहर मस्कोबाट ८ सय ७० माइल टाढा दक्षिणमा पर्छ । एजेन्सी

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com