obama

अमेरिकी पूर्वराष्ट्रपति ओबामा बालबालिकालाई उपहार लिएर अस्पतालमा पुगेपछि…

एजेन्सी, ५ पुस । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा गएको महिना सिकागोमा रहेको ग्रेटर सिकागो फूड डिपोजिटरी (खाद्य वितरण केन्द्र) मा एकाएक पुगे । त्यहाँ काम गर्ने सबैजना ओबामालाई देखेर छक्क परे ।

obamaओबामाले झण्डै २५ मिनेट त्यहाँ बिताए । त्यसपछि फर्किने बेलामा हस्ताक्षर गरेर निस्किए । ओबामाले आफ्नो प्रोटोकललाई खासै वास्ता गर्दैनन् । त्यसैले त कहिले मोर्निङ वाकमै बाटोमा भेटिन्छन् त कहिले रेस्टुरेन्ट वा अन्य कुनै सार्वजनिक ठाउँमा ।

कहिले छोरीहरुसँग पुस्तक पसल पुगेर लाइनमै बसेर पुस्तक किन्दै गरेको अवस्थामा पनि भेटिन्छन् ओबामा । पूर्वराष्ट्रपतिकै रुपमा पनि उनी अमेरिकीबीच निकै लोकप्रिय रहेका छन् ।

बुधबार पूर्वराष्ट्रपति ओबामा वाशिंगटनमा रहेको बाल अस्पताल(चिल्ड्रेन नेसनल मेडिकल सेन्टर) मा पोको बोकेर पुगे । सान्टा ह्याट लगाएर उपहार बोकेर अस्पतालमा ओबामा पुगेपछि त्यहाँ उपचाररत बालबालिकाका मुहार हँसिला भए ।

About indreni Newsdesk