cabenet

गणपूरक सङ्ख्या नपुगेका कारण बैठक स्थगित

काठमाडौँ, २५ मंसिर । गणपूरक सङ्ख्या नपुगेका कारण तोकिएको समयमा आज बस्ने भनिएको अर्थ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक स्थगित भएको छ ।

cabenetगणपूरक सङ्ख्याका लागि कम्तिमा २ २६ सांसद अनिवार्य उपस्थिति हुनुपर्ने मा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट १३ र अर्थ समितिबाट नौँ सांसद मात्र उपस्थित भएकाले ११ बजेका लागि बोलाइएको संयुक्त बैठक अन्तत १२ः३० बजे स्थगित गरिएको हो ।

बैठकमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई पनि पुग्नुभएको थियो तर लामो समयसम्म अन्य सदस्य उपस्थित नभएपछि अन्ततः उहाँ पनि बैठक कक्ष सिहंदरबारबाट निस्कीएका थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com