received_923875887802825

लक्कीचार्म उपन्यासको कभरगर्लमा मोडेल बेबो

काठमाडौं । चर्चित उपन्यासकार सविन प्रियासनले प्रकाशन गर्न लागि रहेको लक्कीचार्म उपन्यासको कभरगर्लकारुपमामा चर्चित मोडल बेबो आचार्यको तस्बिर राखिने भएको छ । सातौ उपन्यासकारुपमा मंसिरको दोस्रोसाता बजारमा आउन लागि रहेको लक्कीचार्म उपन्यासलाई ब्रदर्श बुक्स प्रकाशन प्रालि काठमाडौंले बजारमा ल्याउन लागि रहेको छ ।

उपन्यासको कभरका लागि मोडल बेबोको फोटोसूट गरिएको र कभर डिजाईन अनि बुकको डिजाईन गरेर प्रेसमा गैसकेको ब्रदर्श बुक्सले जानकारी दिएको छ । तल्लाघरे साइला, धानकुटीकुटीलगायतका मेलिनाराई, अञ्जुपन्तलगायतका गायीकाहरुको गीतमा मोडलिङ गरिसकेकी बेबो नृत्य, अभिनयमा पनि पोक्त छिन् । पुस्तकको कभरपेजमा भने पहिलो पटक आफ्नो फोटो राख्न लागिएको बेबोको भनाई छ ।

दुईसय २५ पृष्ठको लक्कीचार्म उपन्यास सन्देशमुलक भएको प्रियासनको भनाई छ । काठमाडौंमा बिमोचन गरी देशभर उपन्यासलाई बिक्री बितरणका लागि पठाईने छ । पछिल्लो समयमा उपन्यासकार प्रियासनले एकपछि अर्को उपन्यास प्रकाशन गरिरहेका छन् । पत्रकारितामा समेत जमेर लागेको प्रियासन हाल नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष पनि हुन् ।

About Kesharman Bc