sutinggggg

अस्पतालमा गोली चल्दा चारजनाको मृत्यु

अमेरिकाको शिकागोस्थित एउटा अस्पतालमा गोली चल्दा चारजनाको ज्यान गएको छ ।

sutingggggमारिनेमा शिकागोस्थित मर्सी अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी र बन्दुकधारी रहेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । मृत्यु हुने दुई महिला मध्ये एकजना डाक्टर तथा अर्की एक पारामेडिकल असिस्टेन्ट रहेका छन् ।

गोली हानाहानको क्रममा बन्दुकधारी मारिएको शिकागो प्रहरीले जनाएको छ । तर बन्दुकधारीले आफैले आफूलाई गोली हानेको हो वा होइन भन्ने खुलेको छैन । नेपाली समय अनुसार आज विहान बिहान पौने ३ बजेशिकागोको मर्सी अस्पतालमा सो घटना भएको हो ।

About indreni Newsdesk