s1

विष हालेर माहुरी मार्नेमाथि कारवाहीको माग

तुलसीपुर, १४ कार्तिक । चितवनबाट दाङ चराउन ल्याइएका माहुरीमा बिष हालि मारेकोप्रति मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले खेद प्रकट गरेको छ ।

s1शान्ति समाज दाङ शाखाको आज बुधबार बसेको बैठकले घोराही उपमहानगरपालिका वडा नम्वर १२ सिस्नेरीमा ४४ घार माहुरीमा बिष हालि एक समूहले मारेकोप्रति खेद प्रकट गरेको हो ।

चितवन निवासी मानवअधिकार तथा शान्ति समाज चितवन शाखाका उपसभापति विकास नेपालले चराउन ल्याएका ति माहुरीमा बिष हालि मार्ने कार्यमा संलग्न ब्यक्तिहरुलाई कारर्बाही गर्न र पीडित किसानलाई क्षतिपुर्तिको ब्यबस्थाका लागि शान्ति समाज दाङ शाखाले माग गरेको शाखा सभापति शरद रेग्मीले जानकारी दिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com