govinda

डरलाग्दा युवाले, थुकेको शुद्धप्लस टिपे

govinda

      गोविन्द खड्का

नमस्कार,खुट्टा भुईमा टेकेर मोटरसाइकल अड्याउँदै हात जोड्नुभयो, मुसुक्क हाँसेर हातमीलाउन अगाडि बढाउनुभयो । उमेर र बैंशले छलापुर भएका युवाले नमस्कार फर्काए । सौहाद्र्ध पुर्वक हात मिलाए । के छ तपाईहरु सन्चै हुनुहुन्छ ? चिनजान नहुँदै सोध्नुभयोे ।
यो ठाउँ अति राम्रो बनाउनु भा छ । सुन्दर छ । युवाहरुका अनुहार र वरपरको वातावरण तर्फ आँखा डुलाउँदै आगन्तुकले आफ्ना कुरा राख्नुुभयो । यति कुरा गर्दा युवाहरु संसंकित देखिन्थे । उनिहरुको अनुहारमा कौतुहलता झल्किन्थ्यो । बैस भरिएका युवाहरु मुस्कानका साथ सुनिरहे । केहिले हजुर हजुर भनेर मोटरसाईकल सवारका कुरामा सहमति जनाए । पछाडि बसेको मैलेपनि भुमिका बाँधेर के गर्न खोजेको भेउपाउन सकिन ।

यतिबेला उनिहरुमध्य धेरैले मुखमा केहिकुरा चपाईरहेका थिए । त्यो भोला हो भन्ने ओठमा लागेको लाल दन्तमन्जनको जस्तो मधुरो रंंग र थुकमा निश्कने धमिलो छिटा बाट पुष्टिहुन्थ्यो । उनिहरुको माझको भुईमा एउटा भोलाको खोस्टा रहेछ । त्यो देखर मोटरसाईकल सडकको पुर्वि किनारामा उभिएका युवाहरुतिर मोड्नुभएको थाह भयो । ठाउँको प्रशंसा गर्नुको उद्देश्य त्यहि कचेरा रहेछ । त्यतातिर मेरो ध्यान थिएन, युवाहरुले पनि ख्याल गरेनन् । त्यसैले त मुखा मुख गरेर अड्कल काट्दै मोटरसाईकल सवारतिरै ध्यान दिए ।

लगतै त्यहि खोस्टातिर औला सिकाउँदै आगन्तुकले भन्नुभयो, यति राम्रो ठाउँमा त्यो टुक्रा खसाले छ । हेर्नुस् त, त्यहाँनेर, हजुरहरुले देख्नु भयो कि ? को रहेछ ? त्यहि सोध्नलाई आएको हुँ । उनिहरुलाई सम्मान गर्दै बडो मिठो शैली र स्वाभावमा सोध्नुभयो । आवाज र अनुहारमा कुनै किसिमको रिसको संकेत थिएन । हाँसो थियो, टिप्पनी, विरोध, गुणासो वा उपदेश थिएन ।
उनिहरु मध्य एक जनाले हत्तपत्त मैले खसालेको हुँ भन्दै घुम्रो परे । खसेको भोलाको खोस्टा हातमा उठाए । उनिहरुको पिठतिरै अशोकको बुटामा फोहर खसाल्ने जुटको बोरा टंयाईएको थियो । त्यता तिर औँलाले सिकाउँदै भन्नुभयो, ऊ त्यहाँ फाल्ने ठाउँ थियो र भन्या हुँ अगन्तुकले स्पष्टीकरण दिनुभयो । उनिहरुले हाँसदै हजुर भने, हातमा समातेको व्यक्तिले कचेरा बोरामा खसाले । भुईको फोहर उठाउन लगाउँदा पनि उनिहरु रिसाएनन्, विरुद्धमा उत्रेनन् ।

लौ त है हजुर भन्दै विदाईको हात मिलाएर मोटरसाईकल मोड्नुभयो । हामि छुटिएपछि उनिहरुलाई देखिदा सम्म मैले हेरेँ । लजालु हाँसो मुस्कुराई रहेका थिए । गल्ती महशुस गरेको बुझ्न सकिन्थ्यो । लाग्थ्यो अब युवाहरुले, त्यसरी जथाभावि फोहर फाल्ने छैनन् । अरुलाई पनि फालेको देखेपछि यहि शैलीमा टिप्न, तथा उखेर्न लगाउने छन् । अरुलाई पनि नखसाल्न सुझाव दिने छन् । उनिहरुको अनुहार झलझली याद गर्दै मन कुरा खेलाएँ ।

पढलेख गरेका जोशिलो युवा उमेर राष्ट्र निर्माणको खम्बा हो । देश बनाउने जिम्मेवारी युवाको काँधमा छ । उनैले फोपहर गर्दै हिडेपछि कचेराको बस्ति बन्छ । फोहरको डंगुर हुन्छन् । यस्तै मन कुरा खेलाउँदै, त्यो क्षेत्र घोराही १४ को नेपाली सेना व्यारेक अगाडि बाट घोराही १३ डुमरगाउँको शितल टोलमा रहेको हजारी खेतिमा पुगेँ । गफकै क्रममा युवाको प्रशंसा गयौँ । हप्काएर, धम्काएर, उपदेश दिएर, लड्न कस्सीएर काम गर्न सकिदैन भन्नुभयो, मोटरसाईकल सवार व्यक्ति हुनुहुन्थ्यो, घोराही १४ का अध्यक्ष शक्तिराम डाँगि । उहाँलाई घोराही उपमहानगरपालिकाले वातावरण तथा विपद व्यवस्थापन समितिको संयोजकको जिममेवारी दिएको छ । सहि व्यक्तिलाई उचित जिम्मेवारी दिएको मशहुस भयो ।

समाचार प्रकाशित भएको चारदिनमा शहिद गेट मुनिका कचेरा घोराही उपमहानगरपालिकाले हटाईदियो । यसलाई नागरीकको गुणासो सुन्ने सरकार र अशल जनप्रतिनिधि भनिन्छ । जहाँ गुणासा, अभाव, पिडा, फोहर, विग्रेभत्किएको हुन्छ त्यसलाई सुधार्ने नेतृत्व खोजेको छ । समृद्धिको बाटोमा अघि बढ्न, परिवर्तनको खाका बनाउन जनप्रतिनिधी चुनिएको हो । सबै नागरीकले आ आफ्ना जनप्रतिनिधि बाट भोट दिनुको अर्थ खोजिरहेका छन् ।

सदस्यहरुलाई पनि जिम्मेवार र जवाफ दिहि बनाउन घोराही उपमहानगरपालिकाको वातावराण तथा विपद व्यवस्थापन समितिले उपसमितिहरु बनाएर फिल्डमा पठाएको छ । उपमहानगरपालिका भित्रका संरचनाहरुलाई आधार बनाई कामको बाँडफाँड गरेको छ । जस अनुसार विद्यालय, होटल, किराना तथा ग्यारेज, सरकारी कार्यालय, मठ मन्दिर, सार्वजनिक स्थल, खोलानाला र सडक, अस्पताल, पोल्टीफर्म बधशाला जस्ता क्षेत्रहरु सदस्यहरुले सम्हाल्ने भएका छन् । उनिहरुको भेला गराई खुशिराजीमा जिम्मा बोकाइएको छ ।

यसरी सबै भन्दा चर्चामा घोराहीको सरसफाइ छ । सन्चारमाध्यम र सामाजिक सन्जालमा सरसफाइ क्षेत्रका कुरा अधिक छन् । यसले फोहरको क्षेत्र धेरै भएको सन्देश दिन सक्छ । धेरैको बुझाई समितिका संयोजक शक्तिराम डाँगिको सकृयता भनिरहेका छन् । सरसफाइका नयाँ कार्यक्रम आउनु, फरक विधि बाट समस्यालाई हल गर्नु जसता गुणको चर्चा गरीन्छ । सन्चारमाध्यमले उचालेको घोईरो घोईरो आवाज निकाल्नेहरु छन् । विरोध गर्नेहरुले श्वर निकाल्न नसक्नु उनिहरुकै हार हो । चर्चा कमाउन नसक्नु कमजोरी हो ।

सक्षम र क्षमतावान जनप्रतिनिधिहरु थुप्रै छन् । जसले जनताको अमुल्य मत पाएर विजयी हाशिल गरे उनिहरु सबै क्षमतावान् छन् । तर, परिणाम देखाउन सकेका छैनन् । त्यसको मुख्य कारण घमण्ड देखिएको छ । एउटाले गरेको काम अर्काले अनुसरण गरेपछि पछि परिन्छ भन्ने डर छ । कसले शुरु गरेको हो भनिन्छ, के काम भयो भनेर खोजिँदैन । उसलाई हिरो बनाउन मैले किन गर्ने ? अनि दम्भ देखाईन्छ । त्यहि भुतले आफैलाई खाँदैछ भन्ने थाह छैन । म हाराएँ, मेरो काम र नामको चर्चा हुन सकेन, फलानोलाई उचाले, यस्ता नाना भाँति फत्तुर लगाउन फुर्सदछ । आफ्नो वडा, टोल, समितिलाई कसरी प्रभावकारी बनाउने ? सपना छैन । वडाका नागरीकलाई जम्मा गर्न, आफ्ना विचार दिन, उनिहरुलाई तिम्रो नेतृत्वहुँ भन्ने महशुस गराउन सकेका छैनन् ,। यसो गरिन, उसो गरिन, केहि गरीन भनेर आफ्नै मतदाताहरु गुणाा पोखिरहेका छन् ।

तिनलाई सम्बोधन गरिएको छैन । अरुको विचार संकलन गरेर त्यसलाई नेतृत्व दिन सकिएको छैन । आफ्नै मतदाताले हेपिरहेका छन्, सत्कार होईन गालि गर्छन् । त्यो कमजोरी महशुस किन गरीरहेका छैनन् । झण्डै डेढ बर्षको अवधिमा गरिएको उदाहरणीय काम ख्वै ?

समाजमा धेरै थरीका विक्रिति छन् । जति किसिमका राम्रा नराम्रा काम छन् त्यतिनै स्वभावका मान्छेहरु छन् । चाडपर्वहरु छन् । सबैको जिम्मा जनप्रतिनिधिले लिने हो । अभिवावकिय नेतृत्व दिने हो । उनिहरुलाई सम्झाएर, बुझाएर,क ानुन लगाएर हरतरीकाले सहि बाटो लगाउने जनप्रतिनिधिले हो । त्यसपछि मात्रै मेरो सरकार भनेर सम्वोधन गर्छन् । यो वर्षको दशैँ अगाडि घोराही १४ ले पालो पालो दशैँमिलन कार्याक्रम चलायो । शुभकामना आदान प्रधान भनेर युवा, वालवालिका, टोलविकास संस्था हरेकलाई दिनहुँ बोलाएर कार्यक्रम चलायो । सबैलाई भन्यने, चाड वाडमा जाँड रक्सी, जुवाताँस गरेर प्रहरीले लग्यो भने हामिलाई न खोज्नु होला । चोरी डकैति, गुण्डा गर्दिगरेर थुनामा परे हाम्रो सहयोग हुन्न । यस्तो कार्यक्रमले त्यो वडामा धेरै नागरीकलाई सचेत बनाएको हुनुपर्छ । अघिल्ला बर्षहरु भन्दा विक्रृति घटेको तथ्यांक भेटिन सक्छ, चाडपर्व पछि खोजिगरौँला ।

यसो स्मार्ट सिटिको लक्ष्य राखिएको छ । के हो स्मार्ट सिटि धेरैलाई थाह छ । घोराही १० का वडा सदस्य काशी खनालले आफ्नो फेसवुक पेजमा लेख्नुभएको छ, स्मार्ट सिटीका लागि चाहिने आधारभूत पुर्वाधारहरु, जसमा छन् पर्याप्त खानेपानीको आपुर्ति व्यवस्था, २४ सैघण्टा बिजुलीको आपूर्ति व्यवस्था, स्वच्छता र फोहर व्यवस्थापन, गतिशील शहर र सार्वजनिक यातायातको सुविधा, निम्न आयस्तर भएका समुदायहरुका लागि आवासको सुविधा,बलियो आईटी कनेक्टिविटी र डिजिटलाइजेसन, ईशासन र नागरिकहरुको सहभागिता, वातावरण मैत्री, नागरिकहरुको सुरक्षा व्यवस्था विशेष गरी महिलाहरु बच्चाहरु र बृद्धबृद्धाहरुको, स्वास्थ्य र शिक्षाको सहज पहुँच यसरी लेख्नुभएको छ । यति कुरा भएको शहर स्मार्ट सिटि हुन्छ । भने त्यसता पुर्वाधार बनाउने नेतृत्वदायी भुमिका जनप्रतिनिधिको हो । समुदाय परिचालन, तिनको नेतृत्वगर्ने क्षमता राख्नुपर्छ ।

कम्तीमा वडाको कार्ययोजना बनाउनुपर्छ । आफु निर्वाचित हुने बेलाको अबस्था कस्तो थियो ? सुरक्षित खानेपानीको उपलब्धता, साक्षारता प्रतिशत, शौचालय भए नभएकाको सख्या लगाएत धेरै कुराहरुको अबस्था देखाउनुपर्छ । आफ्नो अबधि सकिने बेलामा त्यसाई कति बढाइयो दुनियाँले देख्न पाउनुपर्छ । अनि मैले मेरो कार्यकालमा यो यो काम गरेँ, अब फेरी भोट दिनुस् । बाँकि काम पुरा गर्न मलाई भोट दिुस भन्ने बाटो खुल्छ । हावादारी गफ गर्नुपर्दैन ।

घोराही १७ ले टोलटोलमा पुगेर बैठक बस्नेकार्यक्रमको सुरुवात गरेको वडा सदस्य रेमन्ता पुनको फेसवुक स्टाटस बाट जानकारी भयो । यसलाई सबै टोल सम्म विस्तार गर्न सके ठुलो उपलब्धी हासिल हुन्छ । समस्या र सामाधान त्यहि बाट निश्कन्छ । उर्जा तिनैले दिन्छन् । आवश्यकता त्यहि कार्यक्रम बाट पुरा गराउन सकिन्छ । सरकार संग अपनत्व र निकटता पैदा हुन्छ । यसरी नै घोराही १४ ले निष्कृय टोल विघटन र पुनर गठनकाको कार्यक्रम चलाएको थियो । जनप्रतिनिधिहरु आफु स्थापित हुने र वडा अघि बढाउने कार्यक्रम हो ।

सकभर आफैले जानेर, हुँदैन अरुले गरेको सिकेर जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रको नेतृत्व हाक्नुपर्छ । अरुले गरेकोमा टिका टिप्पनी गर्ने, फलानाले गरेको ढिस्कानाले ल्याएको भनेर नाई नास्ती गर्ने, आफुले ल्याउन केहि नसक्ने असफल हुन् । आफ्नो क्षेत्रमा आएको बजेट विभाजन गर्नु मात्रै जनप्रतिनिधको जिम्मेवारी ठान्नेहरु कर्मचारी स्तरका हुन् । त्यो बजेट पनि मनोमानी ढंगले, भेला सम्मेलन नगरी, भोटर र आफन्तलाई दिनेहरु असफल हुन् । तिनलाई कुनैपनि तहको जिम्मेवारी पार्टिले दिनुहुन्न, नागरीकले भोट बाटै अस्विकृत गर्नुपर्छ । यतिबेलाका तलवी जनप्रतिनिधिलाई बसी खान छुट छैन ।

बजेट नभएरै, जनपरिचालन गरेरै वा कम खर्चले रचनात्मक काम गर्नेहरु असल जनप्रतिनिधि हुन् । तिनको कामको चर्चा भईरहन्छ । होचो अग्लो, कालो गोरो, धनि गरीव, जात, धर्म भनेर व्याख्या हुँदैन । आफ्ना मतदाताले प्रशंसा गर्ने, छिमेकीले अनुकरण गर्ने कामको थालनी गरौँ । झण्डै डेढ बर्ष विति सक्यो, अब तिन बर्षभित्र आफु मरेपनि बाँच्ने काम गरेर देखाउ । जसले गर्दा तिम्रो अनुहार भावि पुस्ताले कल्पना गर्न सकोस् । तिम्रा कामको प्रशंसा र व्याख्या विश्लेषण तिम्रो अनुपस्थितिमा पनि गरीयोस् । अर्को चुनावमा अझ अघिल्लो पद चुम्ने सिढिं बनाउने कि, अहिले पाएको सम्मान भत्काउने ? घमण्ड, रिस, डाहले आफै जलेर पछि पर्नेहरुलाई राम राम भन्न सकिन्छ । झुटो चर्चा परिचर्चा गरेर काँध थाप्न सकिन्न । क्षमता देखाउ, सोचे भन्दा बढि चर्चा कमाउँने छौ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com