20181010_211906

बलात्कार एक डरलाग्दो रोग !

प्रतीक्षा पौडेल

“Justice for victim , Justice for Nirmala!”

आजभोलि जहाँ पनि यहि कुरा सुनिन्छ ।संसद भवन देखि लिएर स्कुलका कक्षाका कोठा सम्म,बच्चा देखि वृद्धका ओठ सम्म । बहिनी बिहान निस्किन्छिन निर्मलाको न्यायको लागि जुलुसमा जानु पर्ने रे । अनि म उसलाई प्रश्न गर्छु।  बलात्कार भनेको के हो ? थाहा छ तिमिलाइ ! यो डर लाग्दो रोगबाट कसरी बच्ने  केही जानेकी  छौ ? यसलाई अगाडि बड्न नदिन भोलि फेरि अर्को निर्मलालाइ बलत्कृत हुन नदिन के गर्नु पर्छ थाहा छ ? उ चुपचाप बस्छे । झर्किदै निस्किन्छे नचाहिने प्रश्न नगरन भन्दै।

मेरा प्रश्न कति सम्म चाहिने छ्न म आफै ठम्याउन सक्दिन । उसलाई कसरी थाह होस । उ अनबिज्ञ छ यी सबै कुरहरु बाट । घरबाट निस्किदा अनि निस्केर आन्दोलन सम्मको बिचको दुरिमा आइ पर्ने अप्ठ्यारा परिस्थितिबाट कसरी बचेर जाने भन्ने कुरामा तर पनि जानू नै छ कसैको न्यायको लागि चर्को आन्दोलनमा।

अहिलेको पीढी दिन प्रतिदिन एउटा डरलाग्दो रोगबाट ग्रसित भइरहेको छ । हरेक दिन उनीहरुको मानसपटलमा एउटै कुराको छाप परिरहेको हुन्छ , कि आन्दोलन बिना केहि पनि पाइदैन । नयाँ पुस्तालाई यहि कुरा सिकाइरहेको छ आजको परिस्थितिले ।

कक्षा कोठामा सुनिन्छ, फलानो गुरुले आज नराम्रो सङ्ग सुम्सुम्याउनु भयो । कस्तो लाज नभाको गुरु बराको  फित्ता नै फुकाली दिनु भयो । यात्राबाट उत्रिदा दिदी कराउछिन खलासीले नराम्रो सङ्ग ठेल्यो ।उसका हात शरीर हरेक अङ्गहरुमा सलबलाउछ्न । रात्रीको यात्रामा तनाब हुन्छ । बिरामी महिला डाक्टरको कोठामा एक्लै छिर्न डराउछ ।

तर त्यही गुनासो पोख्ने अनुहारहरु आज जुलुसका अगुवा भएर हिड्दा डर लाग्छ । एक्लै भएको बेला आफुमाथि आइ पर्ने अप्ठ्यारा परिस्थितिहरुको सामना गर्न नसक्ने हामिलेे के सिकाउछौ भोलि कसरी बच्ने भनेर । न्याय माग्दा माग्दा हजार घटनाहरु घटी सके तर पनि न्याय कै पछि अन्धभक्त भएर दौडिरहेका छौ।

बहिनी जुलुस बाट फर्किएपछी पुनः केही प्रश्नहरु दोहोर्‍याउछु। आजको जुलुसमा के के सिकेउ त ? के के सिकाउनु भयो कसरी बच्ने भनेर दाइ दिदीहरुले ?

उ एकदमै खुशी हुँदै उत्साह पुर्ण भाब देखाउदै २/४ ओटा रोचक नाराहरु सुनाछे । अनि गोजिबाट मोबाइल निकाल्दै क्यामराले कैद गरेका डर लाग्दा कतै जुलुसमै केही घटना त घटेन भन्ने जस्ता फोटोहरु देखाउछे एकपछि अर्को गर्दैअनी पोस्ट्याइदिन्छे फसबुकको भित्तामा । Justic for victim . justice for victim girl, todays vibes भन्दै । म धेरै कुरा खोजी रहेको हुन्छु उ बाट । तर उ चुपचाप बसिदिन्छे । बोलोस पनि के आखिर के नै पो  सिकाइएको हुन्छ र उसलाइ २/४ ओटा नारा घाँटी सुकुन्जेल कराउन बाहेक ! अपेक्षा गरे अनुरुपको सफलता हात परेन आज पनि । म अवाक्य हुन्छु।अरु कुनै प्रस्न गर्ने आट जुटाउनै सक्दिन।अनि सोच्छु आज हामी यहाँ पनि चुक्यौ ।

महिनौ पछि गाउँ पुग्दा बाटोमा वरिपरि देखिने बहिनीहरु देखिदैनन।घरमा पुग्दा आमाले सुनाउनुहुन्छ,फलानोको छोरी ६ मा पढ्दा पढ्दै पोइल गइरे । फलानोको छोरी स्कुल जान छोडी रे । डर लाग्छ रे उसलाइ । आगन अगाडि निस्किन्छु आँखा डोर्‍याउदै । आखा पसल अगाडिको भिडमा पर्छ । मन उतै तानिन्छ केहि पर पुग्छु । त्यहा पुग्दा दिखिन्छ्न उनै साना अनि माया लाग्दा अनुहारहरु डर लाग्दा भएका । कसैका औलाहरुमा चुरोटमा खिल्लीहरु च्यापिइरहेका हुन्छ्न,सान सङ्ग उडाउछ्न अनि कुना च्याप्छ्न,नदेखेझै गरेर ।कसैका हातमा लोकल रक्सीको बोत्तल जो मुल्यमा कम पर्न जान्छ तर अमुल्री जिन्दगी बिगारी दिने।स्कुले भाइहरु पिठ्युँमा बोकेको झोला बिसाउन भुलेर ४/५ ओटा क्यारमका बोर्ड फोडिरहेका हुन्छ्न।मानौकी स्कुलको गृहकार्य हो।अनि ठुलाबडा रमिते जो हो म हैसे मिलाउदै जस्ले जित्छ एक प्याक खुवाउने सर्तमा।अनि उनै अनुहारहरु देखिन्छ भविस्यमा यस्ता विकृती फैलन दिनु हुदैन भन्ने नाराका अगुवाहरु । जसले  वर्तमानमा रोक्न सकिरहेका छैनन।

निरास हुँदै घर फर्किन्छु । मेरो निन्याउरो अनुहार देखेर होला आमाले सोध्नुहुन्छ । के भयो बाटोमा कसैले केही भन्यो कि?अनि फेरि आग्रह गर्नु हुन्छ बाटोमा ननिस्किन । अब म आफ्नै आँखा अगाडि हुर्किएका भाइहरु सङ्ग डराउनु पर्ने भयो।मन चिसो हुन्छ। हामिले के सहि के गलत सिकाउनै सकिरहेका छैनौ अझै पनि।तर नारा र जुलुसमा होमाइदिन्छौ ।अनि फेरि सोच्छु आज यहाँ पनि चुक्यौ हामी ।

घर बाट निस्किएको १ घन्टा पनि नहुदै यो सन्त्रासमय वातावरण देखि याकुल ब्याकुल हुँदै १२/१५ पटक फोन आउँछ । सतर्क अनि सुरक्षित हुने आग्रह सङ्गै । घटना अब घटना मात्र नभएर गित,कथा,कबिता अनि नाटक हुन थाले । गितकारका लागि गित ती गितले सबैलाइ गलाउछ,लेखकका लागि कथा र ती कथामा एउटि लाचार चेलीलाइ उभ्याइएको हुन्छ।,कबिका लागि कबिता जब पढिन्छ कमजोर महशुस हुन्छ ।नाटककारका लागि नाटक ती नाटक देख्दा शरीर कामेर आउँछ।अनि मिडियाहरुका लागि बढाइचढाइ हरेक दिन फरक फरक खबर जस्ले डर मात्र पैदा गर्छ तर उनिहरुका लागि राम्रो कमाउने स्रोत बनिदिन लाग्यो।कहि कतै मजबुत देखाइएकै छैन छोरिलाइ।अब छोरी जन्माउन पनि डराउने खबर।

हामीलाइ मात्र न्याय चाहिएको छ नियन्त्रणका उपाय होइन त्यहि देखाउछ आजको परिस्थितिले।न्यायका लागि कराउदा कराउदै हाम्रो आवाज यति चर्को भइसक्यो कि सङैकी अर्कि बहिनी बलत्कृत हुदाको त्यो रोदन सुन्न सकिरहेका छैनौ।के न्याय माग्नु र सरकारलाई धम्काउनु मात्र हो ?अब हुने घटनाहरु रोक्ने सहि उपाय।

एउटा बहिनीको न्याय माग्दा माग्दै,उता बृद्द हजुर आमा देखि नौ महिनाको वालिका वलत्कृत भएको घटना छर्लङ्ग छ।तर पनि हामी हाम्रो आन्धोपन देखाइरहेका छौ।डर लाग्छ कहि हाम्रो आन्धोपन अब आउने पिडिलाइ आन्धभक्त बनाएर बैसाकिको साहारामा बाच्ने नबनाइदियोस।

सरकार अब हामिलाइ न्याय मात्र होइन न्याय सङ्गै हिंसा विरुद्ध लड्न सक्ने शक्ति जुटाइदेउ।देश बिकासका नाममा भौतिक संरचना मात्र होइन मानसिक र ब्यबहारिक शिक्षाको आवस्यक छ।हामिलाइ एति मजबुत हुने तरिका देखाउ,गाउँ गाउँ,गल्ली गल्ली,कुना काप्चा अनि सहरका खोच खोचमा लुकेर लागेका धमिराहरुलाइ भत्काउन सकौ।हामिलाई कमजोर बनाउने कबिता होइन मजबुत बनाउने आधार जुटाइदेउ।जहाँ बलात्कार भनेको के हो? भन्ने थाहा नपाएर दिन रात सिकार हुने बहिनी बचाउन सकौ । एउटै आग्रह सबैलाइ हामी मजबुत बनाउ कमजोर होइन।

About Kesharman Bc