mark-sheet

१५ सय सरकारी कर्मचारीको शैक्षिक प्रमाणपत्र छानविन

काठमाडौं, ८ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिरी आएको आरोप लागेका एक हजार ५ सय ३९ जना कर्मचारीको शैक्षिक प्रमाणपत्रको छानविन शुरु गरेको छ ।

mark-sheetजसअनुसार नीजामति, प्रहरी, संस्थान, शिक्षण संस्था तथा स्थानीय तहमा जागिर खाएकाहरु रहेको आयोगले जनाएको छ । यी कार्यालयमा जागिर खाएकाहरुको नक्कली शैक्षिक प्रमाणपत्र भेटिएको छ । गत साउन र भदौमा मात्रै आयोगले २१ जना कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ आजको नयाँ पत्रिकामा खबर छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com