aalu

तरकारीको बोरामा गाँजा तस्करी

धनुषा, २ असोज । धनुषाको मिथिला नगरपालिकाबाट लागुऔषध १५ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

aaluपक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका १ बस्ने ५९ वर्षका बासुदेवप्रसाद महतो थारु रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

नगरपालिका ९ बडहरीबजार नजिकको तराई निजीवनको कार्यालय छेउ गल्लीमा प्लास्टिकको बोरामा तरकारी भण्टा र हरियो खुर्सानीसँगै लुकाई राखेको १५ किलो ७ सय ग्राम गाँजा फेला परेको हो ।

About indreni Newsdesk