bina magar with nirmalas parents

निर्मलाको परिवारलार्इ मन्त्री मगरले भावुक हुँदै दिइन यस्तो बचन

भीमदत्तनगर, १६ भदौ । खानेपानी मन्त्री बिना मगरले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलार्इ भेटेकी छन् । मन्त्री र सांसदहरूको टोली शनिबार भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घरमा पुगेको थियो । आमा दुर्गा पन्तले गहभरी आँशु पार्दै छोरी निर्मलाको हत्यारा पत्ता लगाउन आग्रह गरेकी छन् ।

त्यसक्रममा मन्त्री मगर पनि भावुक बनिन् । मन्त्री र सांसदहरूको टोलीले सबै मिलेर हत्यारालाई कारवाहीको दायरामा ल्याउने बचन दिएको छ । टोलीले आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शहादत प्राप्त गर्नुभएका भीमदत्त नगरपालिका–१८ भगतपुरका १४ वर्षीय शहीद सनी खुनाको परिवारलार्इ पनि भेटेको छ ।

निर्मला हत्या काण्डमा सरकार गम्भीर रहेको बताउँदै नेकपाकी नेतृ समेत रहेकी मन्त्री मगरले दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाइन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित स्थानीय प्रशासनलाई समेत आफूले अपराध नियन्त्रण र समाजको सुरक्षामा केन्द्रीत हुन निर्देशन दिएको उनले बताइन् । रासस

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com