20180802_135458

गायिका रिता केसीलाई तीजमा भ्याइनभ्याई

केएम निष्ठुरी
नेपाली सांगीतिक आकासमा लोक , आधुनिक र पप गायनमा ख्यातिप्राप्त गायिका दाङकी चेली रिता केसीलाई तीजमा भ्याइनभ्याई छ ।

नेपाली हिन्दु नारीहरुको महान चाड तीज नजिकिदै गर्दा गायिका रिता केसी लाई देश भित्र र बाहिरबाट निम्ता गर्नेको चाप बढेको हो ।
ओइ सुन्तली , बम बम भोले , नाच्नमा १ नम्बर , नाइँ नाइँ नभने मायाले लगायतका करिब २ दर्जन बढी तीज गीत र लोक, आधुनिक र पप गरेर करिब २६० भन्दा बढी गीतहरुमा आफ्नो आवाज दिएर चर्चा बटुलेकी गायिका यसपालिको तीजमा युरोप जाने निश्चित गरिसकेकी छिन ।

उनि यहि आउदो श्रावण ३० गते भाद्र ३० गते सम्म  युरोपका  विभिन्न देशको विभिन्न कार्यक्रममा सहभागी हुन जानेछिन  युरोपका बेल्जियम , जर्मन , स्विडेन , स्विजरल्याण्ड लगायतका करिब आधा दर्जन देशहरुका बिभिन्न स्थानमा हुने झण्डै १५/१६ वटा तीज विशेष कार्यक्रममा सहभागी हुनेछिन ।

About Kesharman Bc