Sherbahadur-tamang

कानुनमन्त्री तामाङले दिए राजीनामा

काठमाडौं, ८ साउन । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राको विषयमा जथाभावी बोलेको भन्दै आलोचना भएपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

Sherbahadur-tamangउनले आज मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी राजीनामा घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा कानुन मन्त्री तामाङले आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर प्रस्तुत गरिएको भन्दै आफू सधैँ नेपाली महिलाको सम्मानमा आँच आउन नदिने कुरामा सजग भएको बताए ।

तामाङको अभिव्यक्तिले सरकार र पार्टीलाई काम गर्न अप्ठेरो भएपछि पार्टीले राजीनामा दिन निर्देशन दिएको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com