resturent 2

२३ लाखमा गोल्डेन चपिस्टिक रेष्टुरेन्ट

तुलसीपुर २७ असार । तुलसीपुरमा गोल्डेन चपिस्टिक रेष्टुरेन्ट सञ्चालमा आएको छ । तुलसीपुर ९ दोघरेमा उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो ।

resturent 2तुलसीपुरमै नयाँ शैलीबाट उक्त रेष्टुरेन्ट सञ्चानमा ल्याइएको दावी गरिएको छ । जहाँ चाईनिज, ईन्डिएन्, नेपाली परिकारहरु पाउन सकिने पसल सञ्चालकहरुले बताएका छन् । साथै अष्ट्रिचको मासु पनि पाइने पसल सञ्चालक रत्न घर्ती मगरले बताए ।

रोजगारको शिलशिलामा लामो समय बिदेश बसेर आएकाहरुले अब नेपालमै ब्यबसाय गरेर मनग्य आम्दानी गर्ने उद्देश्य लिएर नयाँ शैलीबाट ब्यबसाय शुरु गरेका हुन् । करिब २३ लाखको लगानीमा होटेल सञ्चालनमा ल्याईएको रेष्टुरन्ेट सञ्चालक कृति केसीले बताए ।

उक्त रेष्टुरेन्टले बिहान १० बजेदेखि साँझ साढे ११ बजेसम्म निःशुल्क होमडेलिभेरीको पनि ब्यबस्था गरेको छ । साथै बिशेष छुटका साथ कर्पोरेट ईभेन्ट, जन्मदिन मनाउन सकिने, बिभिन्न पार्टीहरुको आयोजना गर्न सकिने सञ्चालक घर्तीले बताए ।

नयाँ ब्यबस्थापन तथा नयाँ शैलीबाट उक्त पसल सञ्चालनमा ल्याईएको उनले बताए । यसैबीच पसलको बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

पसल सञ्चालक रत्न घर्ती र कृति केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका महासचिब रुप बहादुर खत्रीले ब्यापार ब्यसायमा लगानी बढ्नु सुखद भएको बताए । उनले तुलसीपुरमा नयाँ शैलीबाट पसल सञ्चालन हुँनु सकारात्मक भएको उनको भनाइ थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com