education a

शिक्षा समितिले पनि बन्द गर्यो विद्यालय

तुलसीपुर,२९ जेठ । तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयहरुमा तीन दिनसम्म गर्मी विदा हुने भएको छ । शिक्षा समितिको वैठकले चर्को गर्मीका कारणले बालबालिकाको स्वास्थ्यमा गम्भिर असर परेको र अध्यापन कार्यपनि प्रभावकारी नभएकाले विदा दिने निर्णय गरिएको संयोजक देवराज विकले बताए ।

education aउनले वार्षिक विदाबाट कट्टी हुने विदाबाट कट्टी हुनेगरि असार १ गतेसम्मका लागि विदा गरिएको पनि बताए । अचानक गर्मी वढ्दा विद्यार्थीलाई असर परेको भन्दै विभिन्न विद्यार्थी संगठन, अभिभावक र सरोकारवालाहरुले आवाज उठाउदै आएका थिए ।

यसैगरी शिक्षा समितिको वैठकले कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई असार १ देखि लागुहुने गरी सवै विद्यालयमा स्यानेटरी प्याट वितरण गर्ने कामलाई सहजिकरण गर्ने निर्णय गरेको प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिए ।

यसैगरी हावाहुरीका कारणले सरस्वति प्रावि मजगाउको टिनको छानो उडाएकोमा राहत दिने निर्णय समेत गरेको छ । वैठकले कक्षा ८ को परीक्षा वाफतको पैसा शिक्षा विकास तथा समन्वय इकाइ समितिले स्थानीय तहमा दिन आनाकानी गरेकोमा तत्काल माग गर्ने निर्णय समेत गरियो ।

 

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com