eye

लिटल एञ्जलमा निःशुल्क आखाँ परीक्षण

दाङ, २९ जेठ । लमही आखाँ अस्पतालको सहयोग तथा लिटल एञ्जल स्कुल, घोराहीको आयोजनामा विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययनरत कक्षा ३ देखि कक्षा १० सम्म अध्ययनरत ५३१ विद्यार्थीहरुको आखाँ परीक्षण गरिएको छ ।

eyeविद्यालय सञ्चालक समितिका सदस्य पूर्णचन्द्र गिरीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी आखा परीक्षण कार्य सम्पन्न गरिएको हो । कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल विमलकुमार रोकाले आउदा दिनहरुमा स्वास्थ्यसंग सम्वन्धित अन्य कार्यव्रmमहरु पनि विद्यालयले सञ्चालन गर्ने बताए ।

विद्यालयमा कक्षा ३ देखि कक्षा १० सम्म अध्ययनरत ५३१ जना विद्यार्थीहरुको आँखा परक्षिण गर्दा ३४ जना लाई निःशुल्क चस्मा उपलव्ध गराइएको थियो । ७ जनालाई लमही अस्पतलमा विशेष जाँचका लागि रिफर गरिएको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com