20180504_143608

पक्राउ परेका यातायात व्यवसायीलाई यस्तो छ सजाए

पछिल्ला २७ वर्षदेखि देशभर एकछत्र यातायात ‘सिन्डिकेट’ चलाइरहेका एनजिओ यातायात समिति र व्यवसायीलाई कानुनी दायरामा ल्याउन सरकारले आक्रामक नीति अख्तियार गरेको छ । शुक्रबार देशभर सार्वजनिक सवारी सञ्चालन ठप्प बनाउने ७६ जना व्यवसायीलाई सरकारले पक्राउ गरेको छ ।

पक्राउ गरेका व्यवसायीलाई आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार कारबाही अघि बढाइने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । जसअनुसार पक्राउ परेका सिन्डिकेटधारीलाई न्यूनतम २४ दिनदेखि अधिकतम ६ महिनासम्म कैद गरिनेछ । तर, ‘सिन्डिकेट’ त्याग गरेको लिखित प्रतिबद्धता प्राप्त भए मात्रै उनीहरूलाई छाडिने सुवेदीले बताए । नयाँ पत्रिकामा खबर छ ।

अन्यथा उनीहरूविरुद्ध अत्यावश्यक सेवा सञ्चालन ऐन ०१४ र स्थानीय प्रशासन ऐन ०२८ अनुसार कारबाही हुनेछ । ‘उनीहरूसँग ‘सिन्डिकेट’ त्याग गरी सरकारले लागू गरेका कानुन मान्ने व्यहोराको सहमति लिखित रूपमा मागिनेछ । त्यसमा हस्ताक्षर गर्न लगाइनेछ । पक्राउ परेकाले लिखित रूपमा प्रतिबद्धता जनाए छाडिनेछ,’ गृह प्रवक्ता सुवेदीले भने । नत्र, सबैलाई प्रचलित कानुनअनुसार हदैसम्मको कारबाही गरिने उनले बताए ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com