ghus

५ लाख घुससहित नगरपालिकाका कार्यकारी अधिकृत र इञ्जिनियर अख्तियारको फन्दामा

काठमाडौँ, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भनिरहदाँ धमाधम भ्रष्टाचार गर्दै गर्दा विभिन्न कार्यालयका कर्मचारीहरु रङ्गेहात अख्तियारको फन्दामा पर्दै गएका छन् ।

ghusयसैक्रममा काठमाडौँस्थित बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत लिला अधिकारी र इञ्जिनियर विजेन्द्र श्रेष्ठलाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेका छन् ।सोमबार राति ८ बजे अख्तियारको टोलीले उनीहरुलाई ५ लाख घुस रकमसहित पक्राउ गरिएको अख्तियार प्रवक्ता दिर्घराज मैनालीले जानकारी दिएका छन् ।

उनीहरुलाई काठमाडौँ महानगरपालिकाको वडा नं ३ को कार्यालय नजिकै घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुको साथबाट ५ लाख नगद र दुर्इ थान सवारी साधनसमेत नियन्त्रणमा लिएको जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com