feature0

घोराही ७ को सवै टोलमा टोलबिकास संस्था गठन गरिने

दाङ, १८ चैत । घोराही उप महानगरपालिका वडा नम्वर ७ का सवै टोलमा टोल बिकास संस्था गठन गरिने भएको छ । वडा समितिको आज सौडियारमा बसेको बैठकले वडा तथा उप महानगरपालिकाले सञ्चालन गर्ने बिभिन्न सचेतना अभियान,बिकास निर्माण, सामाजिक जागरणमा सहयोग पू¥याउन टोल बिकास संस्था गठन गर्ने निर्णय गरेको हो ।

feature0वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा बसेको बैठकले साविकका टोललाई आधार मानेर १४ वटा टोल बिकास संस्था गठन गर्ने निर्णय गरेको हो । बैठकले वडा तहमा सञ्चालित बिकास निर्माणका कार्य तिव्र रुपमा अगाडी बढाउने निर्णय गर्दै त्यसको गुणस्तरियता र पारदर्शिताका लागी निरन्तर अनुगमन गर्ने भएको छ ।

यस्तै यही चैत्र २० गते मा.वि.सौडियारमा हुने वडा स्तरिय खेलकुद प्रतियोगिताका लागी अमित चौधरीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएकाले सो समितिलाई प्रतियोगिता सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com