2

यस्तो छ दाङ व्यापारिक तथा पर्यटन महोत्सवको तयारी

इन्द्रेणी संवाददाता
दाङ, २ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा भोली विहीबारदेखि दाङको घोराही सञ्चालन हुने ‘दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रर्दशनी २०७४’ को भव्य तयारी छ ।

3महोत्सवको तयारी करीव करीव पूरा भएको आयोजक संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघले बताएको छ ।

11महोत्सवको उद्घाटन भोलि ११ बजे उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले जानकारी दिए ।

1महोत्सवमा विभिन्न २ सय २० स्टलहरु रहेका छन् । फागुन ३ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर करीप ५ लाख दर्शकले मेला अवलोकन गर्ने र २० करोडको आर्थिक कारोवार हुने अपेक्षा गरिएको उनले बताए । महोत्सव घोराहीस्थित कृषि समाग्री कम्पनीको मैदानमा सञ्चालन हुँदैछ ।

2 महोत्सवको पूर्व सन्ध्यामा तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

5

 

तस्विर  : उदय बीसी

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com