IMG_4984

माओवादी नेतापुन भन्छन्, ‘तामाङ समुदायअब पछि छैन, राज्यले दमनगर्न सक्दैन’

काभ्रे, २९ माघ । माओवादी केन्द्रकायुवा नेतावर्षमानपुन ‘अनन्त’ ले तामाङ समुदायमाथिअबकोही कसैले पनिदमनगर्न नसक्ने बताएका छन् । काभ्रको डाँडापारिस्थितमहाभारत टोकेदमारमा डाँडापारि सोनामल्होछार मुलआयोजक समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनगर्दै उनले अबतामाङ समुदायलाई दमन र उत्पीडनमा राख्नकोही कसैले नसक्ने बताए ।

IMG_4984विस्तारै तामाङ समुदाय हरेक क्षेत्रमा अगाडि बढिरहेकोबताउँदै पूर्वअर्थमन्त्री समेत रहेकापुनले तामाङ समुदायअब पछि नरहेको बताए । आर्थिक सुचाङ्कलाई हेर्दा ६८ प्रतिशतभन्दा बढी तामाङहरु खाननपुग्ने अवस्थामा रहेको औल्याउँदै नेतापुनले त्यसको मुलकारण विगतको राज्यबाट भएको शोषण, दमन र उत्पीडन नै रहेको समेत बताए । ‘तामाङहरुअब राजनीतिकर साँँस्कृतिकअधिकारकानिम्तिजुर्मुराउन जरुरी छ’ उनले भने, ‘‘तामाङ समुदायअब पछि छैन, राज्यवा अरु कोही कसैले तामाङ समुदायमाथिअबदमनगर्न सक्दैन ।’

हेलिकोप्टरबाट कार्यक्रमस्थलपुगेकाउनले डाँडापारि क्षेत्रबाट सदरमुकामसम्मपुग्नसिन्धुलीर ललितपुर हुँदै जानुपर्ने कुरालथाहापाउँदाआफूलाई निकैदुखलागेको सुनाए । १८ वैशाखमावनखुचौरमामहाभारत गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रममा सहभागीहुनपुग्दामाओवादी केन्द्रकाअध्यक्ष प्रचण्डले महाभारत र खानीखोलागाउँपालिकालाई विशेष क्षेत्र घोषणा गर्न आफूले सक्दो पहलगर्ने बताएको विषयमाथि पूर्ण सहयोग र समर्थन रहने बताउँदै नेतापुनले भने, ‘हाम्रा पार्टीकाअध्यक्षतथापूर्वप्रधानमन्त्रीज्युले यसक्षेत्रलाई विशेष क्षेत्रको रुपमा घोषणा गरेर विकास गर्ने घोषणागर्नुभएको रहेछ । योक्षेत्रकोएकीकृतविकासको लागि, बाटो, शिक्षायातायात रअन्यक्षेत्रकोचौतर्फी विकासकालागिविशेष क्षेत्र घोषणाको काम अगाडि बढाउन म आफैँ पूर्ण लागि पर्ने प्रतिबद्धता म व्यक्तगर्न चाहन्छु ।’

डाँडापारि क्षेत्र राज्य र सम्बन्धितप्रतिनिधिको उपेक्षामा रहेको विषयआफूले पनिअनूभुत गरेको बताउँदै उनले भने, ‘निश्चयपनि म अर्थमन्त्रीहुँदाकाभ्रेको लागि मेरो ध्यानकमगएको अनुभूतिमलाई भयो । म अर्थमन्त्रीहुँदाबहुवर्षीयाआयोजनावनखु सडकलाई १ करोड राखेको थिए । तर, त्यसपछि निरन्तरतारहेनछ ।आजमात्रै थाहाभयो । सानातिनाआयोजनाहरु मैले राखेको थिए, तर त्यसपछि कुनै ५ वर्षसम्मकुनै केन्द्रीय योजना रहेनछ । यो क्षेत्र राज्यको केन्द्रीयनिकाय र जनप्रतिनिधिबाट उपेक्षामा रहेको मैले अनूभुति गरे ।’

अबबन्ने नयाँ सरकार र आफ्नो पूर्ण ध्यान डाँडापारि क्षेत्रको बाटो, पूर्वाधारहरुको निर्माणमा रहने बताउँदै उनले काभ्रेका सम्बन्धितनिकायलार्य डाँडापारिको विकासकानिम्ति घच्घच्याउने समेत बताए ।

कार्यक्रमको अवसरमामहाभारतको विकासको निम्तिगाउँपालिकाकाअध्यक्ष कान्छालाल जिम्बाले राखेको प्रस्तावहरुलाई क्रमश ः प्राथमिकताकाआधारमा पूरा गर्ने आगामी सरकार र आफू प्रतिबद्ध रहेको उनको भनाई थियो । नेतापुनले वाम सरकारनिर्माण र पार्टी एकताको लागिजनताले दिएको अभिमतको पूर्ण सदुपयोग हुने समेत बताए ।

करिब ७० वर्ष लामो समय मुलुकमा राजनीतिकअधिकारकालागि संघर्ष भएको स्मरण गर्दै उनले अबको संघर्ष आर्थिक समृद्धि र विकासमा केन्द्रितहुनुपर्ने बताए । ‘अबको हाम्रो दायित्वभनेको विकास र समृद्धि हो । नयाँ सरकारको ध्यानविकास र समृद्धिमा केन्द्रित रहन्छ । विदेशिएकायुवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्थागर्ने लगायतकाजनताको आधारभूतआवश्यकता पूरा गर्न हाम्रो पूर्ण ध्यान रहनेछ ।’ नेतापुनले भने ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com