jestha nagarik

३ सय वढी ज्येष्ठ नागरिकलाई गाउँमै परिचय पत्र

इन्द्रेणी संवाददाता
दाङ, २६ माघ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ५ ले झण्डै ३ सय ज्येष्ठ नागरिकलाई परिचय पत्र बितरण गरेको छ ।

jestha nagarikसाविक धर्ना गाबिसका वडा नं. १, २, ३, ४, ५ र ७ का ३ सय बढी ज्येष्ठ नागरिकलाई पाएकपर्ने स्थानबाट परिचय पत्र बितरण गरिएको वडा अध्यक्ष विष्णुमणि दाहालले जानकारी दिए ।

साविकका वडा नं.१, २ र ३ बाट १ सय ५० र ४, ५ र ७ नम्बर वडाका १ सय ५० जनालाई परिचय पत्र प्रदान गरिएको र अन्य छुटेका ज्येष्ठ नागरिकलाई पनि छिट्टै वितरण गरिने छ । ६० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुलाई उपमहानगरले परिचय पत्र बितरण गर्दै आएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com