bamgathabandhan

यस्तो गरे वाम गठबन्धनले सहमति

इन्द्रेणी संवाददाता
काठमाडौं, २५ पुस । पार्टी एकता गर्न माओवादी केन्द्र र एमालेका शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक मंगलबार सम्पन्न भएको छ । एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको थियो ।

bamgathabandhan

बैठकले पार्टी एकतामा कुनै विवाद र बिमति नरहेको भन्दै छिट्टै पार्टी एकता प्रक्रिया टुङ्गाउने निष्कर्ष निकालेको छ । बैठकले पार्टी एकता हुँदैन कि भनेर कल्पना पनि नगर्न कार्यकर्ता र जनतालाई अपील गरेको छ ।

बैठकले प्रतिनिधि सभाको पूर्णता, राष्ट्रिय सभाको गठन र प्रदेश सरकार गठनका लागि गृहकार्य गर्न ६ सदस्यीय संयुक्त कार्यदल गठन गरेको छ । कार्यदलमा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा ‘बादल’, वर्षामान पुन र मातृका यादव रहनुभएको छ ।

आजको बैठकमा पार्टी एकताका लागि वैचारिक र सांगठानिक कार्यदल गठन गर्ने कार्यसूचि रहे पनि थप गृहकार्य गरेर अर्को बैठकमा कार्यदल गठन गर्ने समझदारी भएको छ । एमाले अध्यक्ष ओली स्वास्थ्य उपचारबाट फर्किएपछि एकता संयोजन समितिको बैठक बस्नेछ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com