udnae-bike

उड्ने बाइकको प्रोटोटाइप विकास

किटी हक कम्पनीले उड्ने बाइकको प्रोटोटाइप विकास गरेको छ । हेलिकोप्टरजस्तो देखिने यो सवारीलाई ‘फ्लायर’ नाम दिइएको छ । २ सय २० पाउण्ड अर्थात् १ सय केजीको यो फ्लायरलाई बजारमा ल्याउने तयारी पनि सँगसँगै गरिएको छ ।

udnae-bike१ सय डलर तिरेर अहिले नै बूक गर्न सकिने फ्लायरको अन्तिम मूल्य भने हालसम्म निर्धारण गरिएको छैन । यद्यपि, १ सय डलर तिरेर खरीद प्रतीक्षाको सूचीमा बस्नेले भविष्यमा २ हजार डलरसम्म छूट प्राप्त गर्न सकिने किटी हकले उल्लेख गरेको छ । एजेन्सी

About indreni Newsdesk