किन भयो एकता संयोजन समितिको बैठक स्थगित

इन्द्रेणी संवाददाता

काठमाडौं, २३ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समिति बैठक स्थगित भएको छ।

prachanda-kpआज आइतबार बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौसम प्रतिकुलताका कारण काठमाडौं आउन नसकेपछि स्थगित भएको हो ।

केही दिनदेखि गृह जिल्ला चितवनमा रहेका प्रचण्ड खराब मौसमका कारण जहाज नचलेपछि त्यहीँ रोकिएका थिए। प्रचण्डको निजी सचिवालयका अनुसार उनी आइतबार सडकमार्ग हुँदै काठमाडौं आउँदैछन्।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com