00aa

टरिगाउँ विमानस्थलमा जहाज आउदा (फोटो फिचर)

इन्द्रेणी संवाददाता
दाङ, २३ पुस । दाङको टरिगाउँ विमानस्थलमा आज फेरि जहाज आएको छ । विभिन्न कारणले लामो समयदेखि उडान बन्द रहेको उक्त विमानस्थलमा आज फेरि समिट एयरको विमान अवतरण भएको हो ।

1aकेही दिन अघि टरिगाउँ विमानस्थलमा हवाइ सेवा नियमिति गर्ने भनेका उपप्रधानमन्त्री कृष्णबहादुर महरासहित आज विमान अवतरण भएको हो । विमान अवतरण भएपछि तुलसीपुरवासीले महरा र तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, विमान चालकलगायतलाई भव्य स्वागत गरेका छन् ।

3cसो अवसरमा उपप्रधानमन्त्री महराले अहिले तत्कालका लागि काठमाडौं–तुलसीपुर, तुलसीपुर–काठमाडौं साताको दुई दिन उडान हुने बताए । उनले चाइनाबाट नेपाल वायुसेवा निगमको विमान आउन लागेको भन्दै अबको दुई महिनापछि दैनिक उडान हुने बताए ।

00aa

11aaa

5a

99aa

00aa

 

a0a0a

2b

333

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com