बाम गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन बुद्धिजीवीकाे अपिल प्युठान

१६ मंसिर प्रतिनिधि र प्रदेशसभाकाे मिति नजिकिदै जादा प्युठानका बाम बुद्धिजीवी तथा प्रगतिशील विचारकहरूले बाम उम्मेदवारलाई विजयी गराउन हपिल गरेका छन् । शनिवार बहुउद्देश्यीय शैक्षिक भवन पुणय खाेलामा भएको “निर्वाचनमा बाम तथा प्रगतिशील बुद्धिजीवीको भूमिका बिषयक” अन्तरसम्वाद कार्यक्रम बाम बुद्धिजीवी तथा प्रगतिशील विचार मञ्च प्युठानले गरेकाे थियाे । कार्यक्रममा सहभागीहरूले अासन्न प्रतिनिधि र प्रदेश सभाकाे निर्वाचन अग्रमन कि प्रतिगमन तिर देशलाई धकेल्ने भन्ने महत्त्वपूर्ण समय अाएकाे बताए । बाम बुद्धिजीवी तथा प्रगतिशील विचार मञ्चका अध्यक्ष शिवराज पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माअाेवादी केन्द्रका कार्यालय सदस्य मणि चन्द्र थापा थिए ।

About ouronline

Social Media Auto Publish Powered By : XYZScripts.com