सात तलेमा कृतिम ताल बनाउन बन उत्साहीत

गोविन्द खड्का
घोराही, ४ मंसिर । स्थलगत अवलोकन पछि घोराही १८ को सात तलेमा कृतिम ताल बनाउन वन कार्यालय उत्सहित भएको छ । बजारको छेउमै पर्यापर्यटकिय क्षेत्र बनाउन सकिने भन्दै भरतपुर सेक्टर वन कार्यालय घोराहीका वरिष्ठ वन अधिकृत हरीप्रसाद श्रेष्ठले लगानी गरीने वताउनुभयो ।

kritim tal

वरिष्ठ वन अधिकृत श्रेष्ठले त्यस क्षेत्रको लामो सोतोमा पानी जम्मा गरे गर्मिमा समेत पानी संकलन गर्न मिल्ने देखेको बताउनुभयो । अहिले पनि जरुवा बगिरहेको क्षेत्र पछि ठुलै मुहान निश्कने उहाको भनाई थियो । कम लगानीमा ठुलो क्षेत्रभरी ताल तयार हुन सक्ने वनले बताएको छ । ठुलो लाभ प्राप्त हुने भएकाले चासो देखाउन स्थानियलाई आग्रह गरेको छ ।

अवलोकन पछि बरिष्ठ वन अधिकृत श्रेष्ठले माहुरी पालन क्षेत्र भएकाले अझ फाईदा हुने बताउनुभयो । ताल नजिकमा ठुलो बस्ति र जग्गा जमिन भएकाले मोटर वाट पानी तान्न सकिने, कम गहिराईमा कुवा तयार हुने भएकाले पनि धेरै लाभ लिन सकिने देखीएको जानकारी दिनुभयो । खानेपानी असुविधा पनि हट्ने बनको अनुमान छ । बस्ति क्षेत्रमा होटल, रेष्टुरेन्ट बनाएर पर्यटन प्रबद्धन गर्न सकिने देखीएको छ । बजार विस्तार, पर्यटकको बृद्धि र कृषि उत्पादनमा लाभ हुने देखिएको छ ।

यसैगरी अम्विकेश्वर ईलाका वन कार्यालयका सहायक वन अधिकृत भत्तबहादुर चौधरीले बजेट थोरै भएपनि सुरुवात गर्दा राम्रो हुने प्रतिकृया दिनुभएको छ । अवलोकन पछि अधिकृत चौधरीले पचा सहजार देखि दुईलाख सम्मको कार्यक्रम रहेको बताउनु भयो । त्यसको सिमा भित्र रहेर वजेट विनियोजन गर्न लेखि पठाउन लागेको जानकारी दिनुभयो । उहाले सम्वन्धित वन समुह, घोराही उपमहानगरपालिका र वडाको बजेट हालेर भएपनि ताल बनाउने काममा सकृयता देखाउन आग्रह गर्नुभयो ।

20171120_091718

त्यहा ताल बनेपछि गिठेपानी क्षेत्र विकासको नया चरणमा पुग्ने स्थानियले बताएका छन् । कृषि उत्पादनमा लागेका द्रोण बहादुर महराले ताल सबै भन्दा ठुलो सम्पती रहेको बताउनुभयो । त्यसले धेरै क्षेत्र सिंचित हुने र ठुलो लाभ प्राप्त हुने बताउनुभयो । अर्का स्थानिय मित्र घर्तिले ताल नजिक बाट रिङरोड बनाउने, नजिकै बाख्रा फर्म खोल्ने, तरकारी खेतिगर्ने लगाएतको काम गर्न उत्साहीत भएको बताउनुभयो । खानेपानी अभाव रहेका क्षेत्रमा ताल बन्नु भनेको ठुलो विकास भएको घर्तिको भनाई थियो । पानी थुनेर राख्ने योजनाले आफु धेरै खुशि भएको दिदि बहिनी टोलका लालमति जैसीले बताउनुभयो । थोरै खनेर कुवा आएपनि ठुलो उपलब्धी हुनेछ । सो टोलका अध्यक्ष घनबहादुर रावतले टोलवासीमा खुशियाली छाएको जानकारी दिनुभयो । उहाले आवश्यक सहयोग गर्न र योजना सम्पन्न गर्न पुर्णरुपमा लाग्ने बताउनुभयो ।

उक्त क्षेत्र कालिका सामुदायीक वनको खण्ड नम्बर चारमा पर्छ । समितिका सचिव दिनेश वलीका अनुसार समुहको बैठकले निर्णय गरी ताल बनाउन अनुरोध गरेको छ । निर्णयको प्रतिलिपी जिल्ला वन कार्यालय, घोराही उपमहानगरपालिकामा पठाई सकेको छ । उपमहानगरपालिकाको प्रथम नगर सभाले समते पारीत गरी सकेको वलिले जानकारी दिनुभयो । ताल क्ष्ँेत्रमा घोराही उपमहानगर पालिकाका शाखा अधिकृत शुवोध रेग्मीको टोलिले पनि सम्भाव्यता अध्ययन गरेको थियो । थोरै लगानिमा धेरै उपलब्धी हासिल गरीने क्षेत्रका रुपमा छनौट गरेको छ । लाभग्राहीको संख्या अत्याधिक रहेको बताईएको छ ।

यसोत लगानी कर्ताहरु उत्साहीत देखिएका छन् । आफुले गर्न सकिने सबै काममा तत्काल अघि बढाउने घोराही १८का अध्यक्ष भरत अर्यालले जानकारी दिनुभयो । धेरै ठाउमा बनाउन खोजीएको र गिठेपानीमा पनि योजना परेकाले प्रकृया शुरु गर्न अध्यक्ष अर्यालले सुझाव दिनुभयो । स्थानिय स्तरमा छलफल गरी उपभोक्ता समिति बनेमा तत्कालै काम थालिने बुझीएको छ । त्यसरी एकमतले पारीत गरी कुनै विवाद नआएमा चाडै सम्पन्न हुने छ । तत्कालै काम थाल्न पुरा सहयोग गर्ने घोराही उपमहानगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डागिले जानकारी दिनुभयो । ताल क्षेत्रको अवलोकन गर्नुभएका डागिले सबै हिसावमा उपयुक्त देखेको प्रतिकृया दिनुभयो ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com