parvakar

गृहमन्त्री शर्मा भन्छन्- ‘ढुक्कसँग मतदान गर्नुहोस्’

सिमरा, १७ भदौ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनमा सुरक्षा चुनौति नभएको बताएका छन् ।

parvakarशनिवार सिमरा विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिदै ढुक्क भएर मतदानमा गर्न आह्वान गरे ।

मन्त्री शर्माले सीमा क्षेत्रमा नेपाल–भारत दुबै देशका सुरक्षा संयन्त्रहरुबीच नियमित सम्पर्क र समन्वयमार्फत् काम भइरहेको पनि जानकारी दिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com