1499958133648_ros_ktm_130717_img_6404_Vh7bUry5QE

‘जनता टेलिभिजन’ औपचारिक शुभारम्भ

काठमाडौँ –नयाँ संचार संस्था ‘जनता टेलिभिजन’को प्रसारण शुभारम्भ भएकोछ । बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले सो टेलिभिजनको शुभारम्भ गर्दै सत्यतथ्यमा आधारित भएर आलोचना गर्न सञ्चारमाध्यमलाई आग्रह समेत गरे। ‘मिडियाले राजनीतिकर्मीलाई गाली गर्नु, आलोचना गर्नुलाई मैले सकारात्मक रूपमा नै लिएको छु, तर सत्यतथ्यमा आधारित आलोचना होस्, समाचार पनि सत्यतथ्य होस्”, प्रधानमन्त्री देउवाले भने ।

1499958133648_ros_ktm_130717_img_6404_Vh7bUry5QE

‘जनता टेलिभिजन’का अध्यक्ष डा. विजयकुमार पौडेलले जनताको लगानीमा जनताका लागि सञ्चालित आफ्नो टेलिभिजनले जनताकै विषयलाई बढी महत्वका साथ प्रसारण गर्ने प्रतिबद्धता व्यक्त गरे । विसं २०७४ वैशाख २० गतेदेखि परीक्षण प्रसारण सुरू गरेको सो टेलिभिजनले आजदेखि नियमित प्रसारण सुरू गरेको हो ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com