9a31b020f33686dc8978192633163261_L

सुधारिएको बाख्राको खोर निर्माणका लागि १३ लाख प्रदान

गोरखा, २७ असार । सिरान्चोक गाउँ पालिका वडा नं। ३ हर्मीमा सुधारिएको बाख्राको खोर निर्माणका लागि १३ लाख आठ सय रुपैयाँ प्रदान गरिएको छ । साविक हर्मी गाविसका कमजोर आर्थिक अवस्था भएका १२६ घर परिवारका लागि सुधारिएको बाख्राको खोर निर्माणका लागि उक्त रकम प्रदान गरिएको हो ।

9a31b020f33686dc8978192633163261_Lरकम हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाका सभापति भगवान बाबु मास्के, मन्त्री राजेन्द्र न्यौपाने, कोषाध्यक्ष रामशरण आचार्य, भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक शिव प्रसाद सुवेदी, नेपाल रेडक्रस सोसाईटी हर्मी उपशाखाका सभापति रामप्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो ।

सिरान्चोक स्थित वडा कार्यलयबाट आइतबार सहयोग रकम हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाका मन्त्री राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालय र विभिन्न दातृ निकायहरुको सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाले साविक नौ वटा गाउँ विकास समितिमा भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत खानेपानी, स्वास्थ्य तथा सरसफाई, जीविकोपार्जनका कामहरु गरिरहेको न्यौपानेले जानकारी दिनुभयो ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com