20170615_133003

महिनावारी र यौनसम्वन्धका कुरा खुलेर गरौँ

गोविन्द खड्का
घोराही, ३ असार। महिनावारी र यौन सम्वन्धका कुरा खुलेर गर्न महिला स्वास्थ्य स्वयंसेविकालाई आग्रह गरिएको छ । महिला स्वाथ्य स्वयं सेविकाहरुका लागि घोराहीमा शुरुभएको दुईदिने तालिममा मातृशिसु जोखिममा पर्नुको कारण यौन र प्रजननका कुरा गर्न लाज मान्नु रहेको बताईएको छ ।

अझैपनि तिस प्रतिशतले घरमै बच्चा पाउने समस्या रहेको जिल्ला जनश्वाथ्य प्रमुख घनश्याम पोख्रेले जानकारी दिनुभयो । तालिमका प्रमुख अतिथि पोख्रेलले सबै संयन्त्रले जिम्मेवारी पुरा नगर्दा समस्या आएको बताउनुभयो । जनश्वाथ्य अन्तर्गतका विभिन्न संरचना, विद्यालय लगाएत पढलेख गरेका सबैले चासो दिनुपर्ने पोख्रेलको भनाई थियो । ‘सन्तोष जनक भुमिका देखिएन’ असन्तुष्टी जनाउदै पोख्रलले भन्नुभयो, ‘आफ्नो जिम्मेवारी बढाउनुपर्छ ।’

20170615_133003अहिले पनि धेरै बच्चाहरु साविक भन्दा कमतौलका जन्मिने गरेको जिल्ला जनश्वाथ्य कार्यालयको भनाई छ । त्यसो हुनुको कारण कुपोषण हो । सबै गर्भवतिहरुलाई चार पटक जा“च गराउन स्वाथ्य संस्थामा नपठाउनु मुख्य कारण रहेको पोख्रेलको भनाई छ । उहाका अनुसार अस्पतालै नजादा आईरन चक्की खादैनन् । खैनी, सुर्ति तमाखु चुरोट, मदिरा खान्छन् । त्यसले पेट भित्रको बच्चालाई बढ्ने क्षमतामा ह्रास ल्याउछ । कम तौलको बच्चा जन्मिन्छ । दुईकिलो पाच सय ग्राम भन्दा कम तौलका बच्चा सैयौको संख्यामा जन्मिने गरेको बताए ।

घर घरमा पुगेर गर्भवतिलाई भेट्न, उनिहरुका समस्या बुझ्न र स्वाथ्य संस्था सम्म पठाउन स्वयंसेविकालाई आग्रह गरीएको छ । गर्भवति हुदा लाजमान्ने, अस्पताल जान नचाहने समस्या स्वाथ्य कर्मिकै व्यवहारले हुन सक्ने पोख्रेलले बताउनुभयो । केहिमा स्वाथ्य कर्मि नभेटिदा आउने जाने दुःख मात्रै हुने, कतिपयले फेरी फर्केर सेवा लिनलाएक व्यवहार नगर्ने, उनिहरुको मन भा“चीने अबस्था ल्याउने जस्ता समस्या भेटाएको बताउनु भयो । मातृमृत्युदर घटाउन र कमतौलका बच्चा जन्मिन बाट जोगाउन अझ स्वयंसेवि भावनाले लाग्न पोख्रेलको आग्रह गर्नुभयो ।

छोरीहरुलाई महिनावारी पुर्व आमाहरुले सचेत बनाउने वातावरण छैन । भई सकेपछि नडराउ यो प्रँकृतिक प्रकृया हो भनेर थामथुम पार्ने चलन छ । त्यस बेला सम्म उनिहरु त्रासले मानिसीक रुपमा विचलीत भई सकेका हुन्छन् । त्यसबाट जोगाउन घरमा दाजुभाई बाबु आमा हुदा पनि कुरा गर्ने वातावरण बनाउनु पर्छ । ‘महिनावारी हुनु भनेको छोरी प्रजनन ग्मताको भयो है भन्ने खुशिको कुराहो’ पोख्रेलले भन्नुभयो, ‘सिंगै परिवारले उत्सवको रुपमा मनाउनुपर्छ ।’ उहाका अनुसार उल्टो छाउपडिको व्यवहार गरेर अबहेलाना र भेदभाव गरीएको छ । त्यसलाई हटाउने भुमिका पनि स्वयं सेविकाले खेल्न सक्छन् । आफ्नै घर बाट शुरुवात गर्नुपर्छ ।

गर्भपतन अधिकार हो । हाडनाता करणी लगाएत विशेष अबस्थामा गर्भपतन गर्न पाउने कानुनी व्यवस्था छ । तर, गर्भपतन नगरेको बुहारी भेटाउनै नसकिने वातावरण नबनाउन आग्रह गरीएको छ । एउटैले छ सात चोटि गर्भपतन गरेको, जम्मा गर्भवति हुने संख्याको आधा बढिले गर्भपतन गरेको भेटिएको, त्यसलाई सामान्य रुपमा लिएको जस्ता समस्या निकै डरलाग्दो भएको जनश्वाथ्य कार्यालयले जनाएको छ । त्यसमा पनि जोड लगाउन आग्रह गरेको छ ।

मलेरिया लगाएत खतरानाक रोगहरु भेटिने क्षेत्र घोराही बन्दै गएको भन्दै चिन्ता गरीएको थियो । घोराही उपमहानगर पालिकाको जनश्वाथ्य प्रबद्र्धन अन्तर्गतको सो कार्यक्रमका अतिथि घोराही उपमहानगरपालिकाका सुचना अधिकारी प्रेम केसिले फोहर बाट मुक्त शहर बनाउन सकेपनि धेरै स्वाथ्य समस्या टर्ने बताउनु भयो । उहाले सरसफाइ अभियानलाई पनि संघ संघै लैजान आग्रह गर्नुभयो ।

दुई दिन सम्म चल्ने तालिममा जिल्ला जनश्वाथ्य कार्यालयका पब्लीक हेल्थ नर्स रेणु श्रेष्ठ, सिअनमि खिमा भुषाल लगाएतले प्रशिक्षण दिनुहुने छ । तालिमको सहजिकरण घोराही उपमहानगर पालिकाका सामाजिक परिचालक यमुना बैद्य लगाएतले गर्नुहुने छ । साठि बढि महिला स्वाथ्य स्वयंसेविकाको सहभागिता छ । महिला स्वाथ्य स्वयंसेविका घोराहीनगर अध्यक्ष धना जिसीको अध्यक्षतामा भएको कार्यक्रम सहजीकरण स्वयंसेविका गोमा श्रेष्ठले गर्नुभएको थियो ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com