bharuwa-banduk

चोरी सिकारीमा संलग्न दाङका एक ब्यक्ति भरुवा बन्दुक सहित पक्राउ 

bharuwa-banduk

तुलसीपुर १९ कात्तिक । चोरी सिकारिमा संलग्न रहदै आएका दाङका एक ब्यक्तिलाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।  प्रहरीको रेकर्डमा राम्रो नभएको तथा पटक पटक सिकारीमा संलग्न रहदै आएका गढवा ४ का मनसुर घर्तीलाई प्रहरीले भरुवा बन्दुक सहित  पक्राउ गरेको हो ।

गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय गढवाको बिशेष प्रहरी टोलीले ४६ बर्षीय घर्तीलाई पक्राउ गरेको हो । पक्राउ परेका घर्तीलाई अहिले ईलाका प्रहरी कार्यालय गढवामा राखी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।

एसपी सिंहका अनुसार उनलाई हातहतियार  खरखजना सम्बन्धी मुद्धा चलाईने छ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com