patrakar-ko-vailo

भैलोबाट संकलित रकम सामाजिक हितमा खर्चने  

patrakar-ko-vailoतुलसीपुर  १९ कात्तिक ।  तुलसीपुरमा क्रियाशिल पत्रकारहरु मिलेर खेलको भैलोवाट संकलित रकम सामाजिक कार्यमा खर्चने निर्णय भएको छ । तुलसीपुर  क्षेत्रका पत्रकारहरुको समुहले भैलो खेलेर एक लाख ३२ हजार नगद संकलन गरेका छन् ।

एक लाख ३२ हजार रकम सामाजिक हितमा खर्चने निर्णय भएपनि कुन क्षेत्रमा खर्चने भन्ने अन्तिम निर्णय हुन भने बाँकी नै छ । तर, पत्रकारहरुको आकस्मिक राहत कोष ,तुलसीपुरमा स्थापन भएको धर्मशालामा र पर्यटन बिकासका लागि रकम खर्च गर्ने हो कि भन्ने मोटामोटी कुरा चलेको गोपाल शर्मा भट्टराईले जानकारी दिए । संबिधानका कार्यान्वयनका लागि राजनीतिक नेतृत्वलाई दवाव दिन सांसद देखि यसक्षेत्रका प्रतिष्ठित व्यक्तिको घरमा भैलो खेलिएको थियो ।

 पत्रकारहरुलाई धार्मिक , संस्कृतिक , आर्थिक , सामाजिक क्षेत्रको बिकासमा कलम चलाउन प्रेरणा मिलोस भन्ने  उदेश्यले भैलो संचालन गरिएको थियो ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com