dashain

आज दशैं सकिदै

dashain

दाङ २९ असोज ।  आज आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने कोजाग्रत पूर्णिमा, सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

आज अपराह्न १२ बजेर २२ मिनेटसम्म चतुर्दशी र त्यसपछि पूर्णिमा तिथि लाग्ने ज्योतिषहरुले बताएका छन् । मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आज भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिनुभयो । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व रहेको छ ।

आज अपराह्न १२ बजेर २२ मिनेटदेखि भोलि बिहान १० बजेर १५ मिनेटसम्म पूर्णिमा तिथि भएकाले आकाशदीप दान र कात्तिकस्नान भने भोलिदेखि शुरु हुने समितिका अध्यक्ष गौतमले बताउनुभयो ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com