pm

दुइ घण्टा नबित्दै एक्सन लिए प्रचण्डले

काठमाण्डु, ८ भदौ– बुधबार दलित अगुवाहरुले काभ्रे जिल्ला पाँचखाल–६ का अजित ( ढकाल ) मिजारको अन्तरजातीय विवाहका कारण हत्या भएको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले तत्काल गृहमन्त्री, सचिव र आईजिपीलाई बोलाएर जानकारी लिने आश्वासन दिए ।

pmअगुवाहरु सिंहदरबार छाडेर गएको केही समयमै प्रधानमन्त्रीले गृहसचिव नारायण गोपाल मलेगो र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई कार्यकक्षमा बोलाएर घटनाबारे छानबिन समिति बनाउन निर्देशन दिएका छन् ।

ज्ञापनपत्र बुझेलगत्तै प्रधानमन्त्रीले उनीहरुलाई सिंहदरबार बोलाएर भने, ‘काभ्रे पाँचखालमा दलित युवाको हत्या भएको भन्दै दलित नेताहरुले ज्ञापनपत्र बुझाउनुभएको छ । यसको यथार्थ के हो? निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन समिति बनाउनुस् र आवश्यक कार्वाहीको प्रक्रिया अगाडि बढाउनुहोस् ।’ भेटमा गृहसचिव मलेगो र महानिरीक्षक अर्यालले प्रधानमन्त्रीको निर्देशन बमोजिम तत्कालै छानबिन समिति बनाउने प्रतिवद्धता जनाए ।
काठमाण्डु टुडे बाट

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com