सर्वोच्च शिखर सगरमाथामा पाइला टेकिएको ६३ वर्ष पुरा

काठमाण्डौ, १६ जेठ
विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६३ वर्ष पूरा भएको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिख का दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए ।mount

यस घटनाले विश्वभर नै ठूलो चर्चा पायो भने नेपालले सगरमाथाको देश भनेर संसारभर ख्याति पायो ।सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्रा्ष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभित्र कार्यक्रमका साथ मनाउन लागिएको छ । दुई वर्षको अन्तरालमा सगरमाथाले आफनो उचाई पुनः कायम राखेको छ ।

विगत दुईवर्षसम्म सगरमाथाको आरोहण बन्द हुदाँ पर्वतारोही निरास भएका थिए भने नेपालको पर्वतीय पर्यटन नै जोखिममा परेको थियो ।यसवर्ष वसन्त ऋतुमा देश विदेशका पर्वतारोहीले फेरि सगरमाथामा पाइला राखेर साहसको परिचय दिएका छन् भने नयाँ रेकर्ड राख्नसमेत सफल भएका छन् ।

गतवर्ष विनासकारी भूकम्पका कारण सगरमाथाको आरोहण हुन सकेको थिएन् भने अघिल्लो वर्ष हिम पहिरोले १६ जना आरोहीको दुखद मृत्यु भएको थियो । त्यस्तै, आरोहणको रुटसमेत भत्किएकाले आरोहण स्थगित गरिएको थियो । सगरमाथाको आरोहणको प्रारम्भसँगै खस्किएको नेपालको पर्यटन प्रवद्र्धनको दिशातर्फ उन्मुख भएको छ ।।

About rekha magar

Social Media Auto Publish Powered By : XYZScripts.com