kaidi

गणतन्त्र दिवसका अवसरमा ५१ जना कैदी बन्दिको कैद मिनाह

इन्द्रेणी संवाददाता
दाङ, १६ जेठ
गणतन्त्र दिवसका अबसरमा दाङसहित राप्तीबाट ५१ जना कैदी बन्दिले कैद मिनाह पाएका छन् । असल चालचलन, अनुशासित र ४० प्रतिशत कैद भूक्तान गरि सकेका ६२ जनालाई कैद मिनाहका लागि कारागार विभागमा सिफारिस गरेकोमा ५१ जना कैदिलै कैद मिनाह पाएका हुन् ।kaidi

दाङको तुलसीपुर र घोराही कारागारवाट २८ जना, सल्यानमा ७ जना, रोल्पामा ५ जना, रुकुममा ११ जनाले कैद मिनाह पाएका हुन् । सल्यानमा सात जना कैदिको कैद मिनाहका लागि सिफारिस गरेकोमा सातै जनाले कैद मिनाहा पाएको जेलर विक्रम केसीले जानकारी दिनुभयो ।

यसैगरी, रोल्पामा चार जना कर्तव्य ज्यान र एक जना ज्यान मार्ने उद्योगका मुद्दा खेपीरहेका कैदीले कैद मिनाहा पाएका छन् । कारागारले कैद मिनाहका लागि ६ जनाको नाम सिफारिस गरेको थियो ।

त्यस्तै रुकुम कारागारबाट १३ जनाको नाम सिफारिस गरेकोमा कर्तव्य ज्यान ५, ज्यान मार्ने उद्योग ३, चोरीडाँका एक, हात हतियार एक र सवारी ज्यान मुद्दामा एक जना गरि ११ जनाले कैद मिनाह पाएका छन् । उता प्युठानको कारागारले ३ जना कैदि वन्दीको नाम कैद मिनाहाका लागि सिफारिस गरेकोमा कसैको पनि नाम मिनाह सूचिमा नपरेको कारागारले बताएको छ ।।

About rekha magar

Social Media Auto Publish Powered By : XYZScripts.com