यदि म एक्लै थिए भने हाँसीहाँसी विवाह गर्न सक्थेँ

12565449_167483213620671_2928117563207719292_n

शहरमा एउटा चर्चा छ, ‘सविन प्रियासन’ अब सविन प्रियासन रहेनन् ‘नम्रता प्रियासन’ भइसके रु यो चर्चामा सत्यता कति छ ?

हा, हा, हा,  त्यस्तो होइन । म संविन प्रियासन नै हुँ । सधै रहनेछु ।

अर्को पनि चर्चा छ, ‘सबिन प्रियासन’ अभिनेत्री नम्रता श्रेष्ठको सौन्दर्यमा यतिधेरै लठ्ठ भएर मात्तिए, जो व्युँझिदा उपन्यासकार भइसकेको थियो’ के त्यस्तै हो ?
त्यस्तो होइन । अभिनेत्री नम्रता श्रेष्ठ, सुन्दर हुनुहुन्छ, तर म उहाँको सुन्दरताका कारण रातारात उपन्यासकार भएको होइन । यस अगाडि पनि धेरै उपन्यास लेखि सकेको छु । केही पुस्तकाकारका रुपमा पनि प्रकाशित छन् । नम्रताको सुन्दरता भन्दा पनि उहाँको संघर्षशील गाथामा डुबेर उपन्यासको गहिराइमा प्रवेश गरेको हुँ ।

यतिधेरै गम्भीर बिषय छन्, तर तपाईले नम्रता श्रेष्ठकै नाममा किन उपन्यास लेख्नुभयो  रु

तपाईले सोधे झैं, धेरै गम्भीर विषय छन्, ती सबै विषयमा मेरो तर्फबाट कुनै न कुनै रुपमा कलम चलेको छ । जहाँसम्म नम्रता श्रेष्ठको नाममा नै किन उपन्यास लेख्न लाग्नु भयो भन्ने प्रश्न छ, यसमा म यति मात्र भन्न चाहन्छु, नेपाली समाजमा कुनैै पनि नारीलाई नम्रताको जस्तो घटना बोकेर अगाडि बढ्न सजिलो छैन ।

सुन्दरताका कारण रातारात उपन्यासकार भएको होइन । यस अगाडि पनि धेरै उपन्यास लेखि सकेको छु । नम्रताको सुन्दरता भन्दा पनि उहाँको संघर्षशील गाथामा डुबेर उपन्यासको गहिराइमा प्रवेश गरेको हुँ ।

अझ भनौँ आज भन्दा ७र८ वर्ष अगाडि नेपाली समाज धेरै साँघुरो थियो । त्यतिबेला नम्रताले उजाडिएर मरुभूमि बनेको आफ्नो जीवनलाई सम्हार गर्दै अगाडि बढिन् । जुन कुराले मलाई छोएको थियो, त्यसैले नै नम्रताको बारेमा उपन्यास लेखेको हुँ ।

तपाईको उपन्यास ‘नम्रता’मा नम्रता श्रेष्ठको कलाकारिता बिषय मात्रै नभएर ‘सेक्स इस्क्यान्डल’सँग बिषय पनि उल्लेख छ, भनिन्छ नि रु

मैले माथि पनि भनि सकेको छु । नम्रता एउटा तीतो घटनाको गोलचक्करबाट अगाडि बढ्न सफल भएकी हुन् , जहाँसम्म सेक्स इस्क्यान्डलको विषय छ । म अरुको व्यक्तिगत जीवनमा दखल राख्ने पक्षमा छैन । उपन्यासमा प्रतिककारुपमा यी कुराहरु उठेका छन् । उपन्यासमा नम्रताको मुख्य सन्देश मान्छे जस्तो सुकै परिस्थितिमा पनि संघर्षशील हुनुपर्छ, आफूलाई सम्हाल्नुपर्छ, संघर्ष गरेपछि सफल भइन्छ भन्ने कुरा नै हो ।

तपाईले देख्नु भएकै होला, स–साना घटनामा पनि मानिसले आत्महत्यासम्मका कार्य गर्दछन् । नम्रताको जस्तै र यो भन्दा पनि साना कुराहरु घट्दा कतिपय नायिका, मोडलले आत्महत्या गरेका छन् । तर ती सबै भयावह अवस्थालाई चिरेर नम्रता अगाडि बढिन्, त्यसैले उनी आज एक प्रकारले स्थापित भएकी छिन् ।

यदि उक्त घटनापछि उनले गलत निर्णय लिएको भए, आज नम्रतालाई सबैले बिर्सिसक्ने थिए । जस्तो सुकै घटना घटे पनि त्यसको सामना गरेर संघर्ष गर्दै सफल्ताको सिढी उक्लने व्यक्तिको नै इतिहास लेखिन्छ । सकारात्मक सोंच राख्ने व्यक्तिले उपन्यास नम्रताबाट यही सन्देश ग्रहण गर्नेछ । सबै भयावह अवस्थालाई चिरेर नम्रता अगाडि बढिन्, त्यसैले उनी आज एक प्रकारले स्थापित भएकी छिन् । यदि उक्त घटनापछि उनले गलत निर्णय लिएको भए, आज नम्रतालाई सबैले बिर्सिसक्ने थिए ।

यो उपन्यास लेखन र बिषय उठानमा स्वयम् नम्रताको पनि स्वीकृती छ ?
नम्रतालाई आजका मितीसम्म मैले दुइपटक भेटेको छु । त्यो पनि केही समयका लागि मात्र । नम्रताको जीवनमा उक्त घटना घटेलगत्तै मेरो दिमागमा पनि उक्त कुराले गहिरो गरी छाप बनाएको थियो । मैले पनि अन्य धेरैले सोचेँ जस्तो नम्रताले अब के गर्र्लिन रु जीवनलिला समाप्त पार्ने हुन कि भन्ने सम्म  सोंच्न भ्याएको थिएँ । तर अरुले के गरे मलाई थाहा छैन ।मैले भने उनले आफूलाई सम्हालुन, अगाडि बढुन भन्ने कामना गरेको थिएँ  । मेरो मात्र कामनाले उनले आफ्नो जीवन अगाडि बढाइन भन्ने पक्षमा म छैन । तर, उनले जेजस्तो कठिनाइ, अफ्ठ्याराहरुलाई छिचोल्दै पुनः अगाडि बढिन, क्रमशः उनलाई सफलता पनि मिल्दै गयो । त्यसपछि मात्र मैले उनको बारेमा लेख्छु भनेर लेख्न सुरु गरेको हुँ । नम्रतासँग सुरुमा स्वीकृति लिएर मैले उपन्यास लेखेको होइन । उनको वास्तविक जीवनको यथार्थ घटना केकस्ता छन्, त्यो मलाई थाहा छैन । मैले केबल विभिन्न पत्रपत्रिका, अनलाइन, गुगलमा नम्रताको बारेमा भएका कुरालाई मसिनोगरी अध्ययन गरेर कल्पनाशिलताका आधारमा उपन्यास तयार गरेको हुँ । उपन्यास तयार गरिसकेपछि म आफू सञ्चारकर्मी भएकाले मोफसल देखि राजधानीसम्मका पत्रकार साथीसँग भेटघाट हुँदा यो विषयमा कुराकानी हुन्थ्यो । धेरै साथीले सकारात्मकरुपमा नै मेरो यात्रामा सहयात्रा गर्नुभयो । साथीको सल्लाह बमोजिम नम्रतासँग यस विषयमा सुझाव लिने जमर्को गरेँ । नम्रतासँग यो विषयमा कुराकानी नहुँदै केही अनलाइनहरुमा उपन्यासको अंशहरु प्रकाशित भए । नम्रतालाई चिनेजानेका माध्यमबाट मैले कुरा पनि पठाएको थिए । नम्रतासँग फोनमा कुरा हुँदा उनले यो विषयमा थाहा पाएको र पछि कुरा गर्ने जवाफ मलाई दिइन । उपन्यासको विषयमा नम्रतासँग फोनमा लगातार कुरा हुन थाल्यो । त्यसपछि मैले केही प्रसंगहरु बदल्दै, थप्दै, घटाउँदै गएँ । यता विभिन्न अनलाइनहरुमा एकपछि अर्को गर्र्द उपन्यासका अंशहरु प्रकाशित हुन थाले । मैले नम्रतासँग पटकपटक यस विषयमा स्वीकृति लिएँ । उनले मसँग फोनमा कुरा गर्दा कहिल्यै पनि उपन्यास नलेख भनिन् ।  फोनमा कुरा हुँदा उनले आफ्नो सामाजिक अभियानको बारेमा पनि धेरै व्याख्या विश्लेषण गरिन् । म उनका कुराहरु सुनि रहन्थे । महाभूकम्प गएपछि उनले गरेको सामाजिक अभियानको बारेमा पनि उपन्यासमा समेट्ने प्रयास गरेको छु । नम्रताले फोनमा कुरा हुन थालेको धेरैपछि आफ्नो म्यानेजर मनिष पन्थसँग यस विषयमा कुरा गर्न भनिन् । त्यसपछि मेरो उपन्यासको विषयमा निरन्तर मनिष जीसँग पनि कुरा हुन थाल्यो ।

मैले उपन्यास मनिष जी र नम्रतालाई इमेल पनि गरिदिए । त्यसपछि काठमाडौं प्रेस चौतारीको म केन्द्रीय कमिटीको सदस्य भएकाले बैठकमा गएको समयमा मनिष जीले नम्रतासँग भेट गराई दिनुभयो । त्यतिबेला मैले उपन्यासको पाण्डुलिपी नम्रताको हातमा दिएको छु । नम्रताले उपन्यासमा  मौन स्वीकृति जनाउको मेरो बुझाइ छ ।

यदि नम्रताले उपन्यास प्रकाशित नगर भनिन् भने ?

त्यो त नम्रताको कुरा हो । उनले उपन्यास पढिसकेपछि थपघट गरेर वा अहिलेकै जस्तो निकालौं भनेमा अति राम्रो   हुनेछ । यदि उपन्यास नै ननिकालौं भनिन् भने कसैलाई जबरजस्ती गर्न मिल्दैन । मैले भनेको मान्नैपर्छ, मैले भने जस्तो हुनुपर्छ भन्ने पक्षमा म छैन । नम्रताले उपन्यास ननिकालौं भनिन भने त्यतिबेला के गर्ने अझैं सोचेंको छैन ।

 उपन्यास ननिकालौं भनिन् भने के गर्नु हुन्छ ?

मैले माथि पनि भने उपन्यास नम्रतालाई सन्देशमुलक बनाउन खोजेको छु । त्यसैले नम्रताले स्विकृति दिइनन् भने उनलाई उपन्यासमा कुनै पनि ठाउँमा नछोएर फरक तरिकाले उपन्यास निकाल्नेछु ।

उपन्यास बजारमा कहिले आउँछ ?

उपन्यास प्रकाशनको विषयमा काठमाडौंकै केही नाम चलेका प्रकाशकसँग मेरो कुरा भएको छ । उहाँहरु यस विषयमा जिम्मेवार ढंगबाट प्रस्तुत भएको मैले पाएको छु । जिल्लाका साथीभइले हामी आफैले लगानी गरेर उपन्यास निकाल्छौं भनि रहेका छन् । मैले उपन्यास फागुनको अन्तिमसातासम्म निकाल्ने सोंच बनाएको छु ।

त्यो ‘इस्क्यान्डल’लाई उपन्यासमा कसरी प्रस्तुत गर्नुभएको छ ?

यस विषयमा मैले माथि पनि भने उक्त इस्क्यान्डल बिम्बका रुपमा, विभिन्न प्रसंगमा, वार्तालापका क्रममा प्रस्तुत गरेको छु ।

हाम्रो समाजको लागि नम्रताको त्यो काण्ड प्रिय थिएन, अप्रिय काम गर्नेलाई आर्दश बनाउन खोज्नुभएको हो की क्या हो ?

अपराध गर्नेले पनि सजाए भोगेपछि सम्मानजनक तवरबाट जीवन यापन गर्न पाउँछ । कतिपय यस्ता विषयमा मुछिएका व्यक्तिहरु पछि आदर्श पात्रका रुपमा चिनिएका छन् । त्यसका धेरै लोभलाग्दा उदाहरण हामी सामु नै छन् । जसलाई हामी आदर्श पात्रका रुपमा अहिले पनि व्याख्या विश्लेषण गरिरहेका छौं भने नम्रता त झनै अपराधि हुन जस्तो मलाई लाग्दैन । जीवनमा घटेको एउटा घटना जसमा नम्रतासँगै अरु कुनै व्यक्ति पनि सहभागि छ । त्यस्तो घटनालाई लिएर नम्रता केटी भएकै कारण समाजबाट अपहेलित हुनुपर्ने, समाजले उक्त घटनामा नम्रतालाई लिएर मन अमिलो बनाउनुपर्ने कुनै पनि एंगलबाट सही हुन सक्छ जस्तो लाग्दैन । जहाँसम्म नम्रतालाई आदर्श पात्र बनाउन खोज्नु भएको हो कि भन्ने प्रश्न छ रु आदर्श पात्र मैले मात्र बनाएर बन्ने कुरा होइन । उपन्यासमा मैले केबल नम्रताले उक्त घटनापछि आफूलाई सम्हालेर संघर्ष गरिन, अहिले सफल छिन् भन्ने कुरा देखाउन खोजेकोे छु । यसलाई कसैले आदर्शपात्र बनाउन खोज्यो भन्छ भन्ने मैले के भन्न सक्छु र ? जीवनमा घटेको एउटा घटना जसमा नम्रतासँगै अरु कुनै व्यक्ति पनि सहभागि छ । त्यस्तो घटनालाई लिएर नम्रता केटी भएकै कारण समाजबाट अपहेलित हुनुपर्ने, समाजले उक्त घटनामा नम्रतालाई लिएर मन अमिलो बनाउनुपर्ने कुनै पनि एंगलबाट सही हुन सक्छ जस्तो लाग्दैन ।

तपाईको विचारमा नम्रता श्रेष्ठबाट नयाँ पुस्ताले के सिक्ने के चाहिँ नसिक्ने ?

नम्रता श्रेष्ठबाट युवा पुस्ताले सिक्नै पर्ने कुरा संघर्षको पाटो नै हो । युवा पुस्ता दुःख, संघर्ष, समर्पणमा रमाउन त्यति चाँहदैन । सजिलै सफलता प्राप्त होस् भन्ने चाहना आम युवामा छ । तर, त्यो कदापि सम्भव छैन । नम्रताले सधैभरी संघर्ष गरेकी छिन् । उनी परिश्रमी,  मिहिनेती छिन् । अफ्ठ्यारो परिस्थितिमा पनि आफूलाई सम्हाल्न सक्ने युवा भएकाले युवा पुस्ताले नम्रताबाट यही कुरा सिक्नुपर्छ । उनीबाट नसिक्ने कुनै पनि कुरा छ जस्तो मलाई लाग्दैन ।

अनि तपाईले नम्रता उपन्यास लेखेर समाजलाई के दिन खोज्नु भएको हो ?

नम्रता उपन्यासबाट मैले संघर्ष गर्नुपर्छ भन्ने कुरा नै देखाउन खोजेको हुँ ।

अस्तीको पान्डुलीपि लिएर उपन्यास लिएर नम्रतालाई भेट्न जानु भएको थियो रे रु के थियो, उनको प्रतिक्रिया ?

हो, उनलाई पाण्डुलिपी दिएर आएको हुँ । धेरैबेर कुराकानी हुन पाएन । उनले पढ्छु, त्यसपछि अगाडि बढौला भनेकि    छिन् ।
  

  उपन्यास नै लेखिसकेपछि नम्रताको बारेमा गहिरो गरी बुझनुभयो होला ? त्यो काण्डपछि उनी के साच्चै खुसी छिन् ?
जीवनमा तीता, मिठा सबै कुराहरु हुन्छन् । नम्रताले उक्त घटनालाई पार लगाइ सकेकी छिन् । घटना घटेको पनि धेरै वर्ष भइसकेको छ । त्यसैले उनी पछिल्लो समयमा खुशी छिन्, हुनुपनि पर्छ । फोनमा कुरा गर्दा र भेटमा कुरा गर्दा मैले उनको मन ठिक तरिकाबाट चलिरहेको छ भन्ने निष्कर्ष निकालेको छु । भोली कसको के हुन्छ कसैलाई थाहा छैन । नम्रताको जीवन के हुन्छ भन्ने विषयमा मैले उत्तर दिंदा न्यायसँगत हुन्छ जस्तो लाग्दैन ।

भोली नम्रताले पारिवारिक जीवन सुरु गर्दा के उनको श्रीमान् खुसी रहन सक्ला

भोली कसको के हुन्छ कसैलाई थाहा छैन । नम्रताको जीवन के हुन्छ भन्ने विषयमा मैले उत्तर दिंदा न्यायसँगत हुन्छ जस्तो लाग्दैन । तर नम्रताले विवाह गरेपछि उनको पारिवारिक जीवन के हुन्छ, श्रीमान् खुशी रहन सक्ला कि नसक्ला रु भन्ने प्रश्न छ, यदि नम्रताले बिहे गरिन् भने उनको जीवन अन्यन्त सुखमय हुन्छ जस्तो मलाई लाग्छ । नम्रता पारदर्शीछन्, त्यसैमा उनी आफ्नै बलबुताले स्थापित छिन् । यदि नम्रताको अब बिहे हुन्छ भने सबै कुरा थाहा पाएको व्यक्तिले उनलाई बिहे गर्नेछ । सबै कुरा थाहा पाएको व्यक्तिसँग बिहे हुँदा पनि पारिवारिक कलह हुन्छ भने त्यस्तो श्रीमान् हुनु भन्दा नभएकै बेस । मान्छेले तिनै कुरालाई महत्व दियो भने सधैभरी समस्या हुन्छन् । मान्छेको घरबार व्यवहारहरुमा गाँसिनुपर्छ । समाजमा पहिलो विवाह असफल र २र३ पटक बिहे भएपछि मात्र धेरै व्यक्तिको घरबाट टिकेको हामीले देखेका छौं ।

नढाँटेर भनिदिनुहोस्, नम्रताले तपाईलाई विहे गरौं भनेर प्रस्ताव राख्नुभयो भने के गर्नु हून्छ ?

–हा, हा, हा, यो प्रश्न गरेर मलाई हसाँउनुभयो, यदि म एक्लै थिए भने हाँसीहाँसी विवाह गर्न सक्थेँ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com