feature

खानेपानीको विकासका लागि डेलिगेशन टोली काठमाण्डौमा

इन्द्रेणी संवाददाता
घोराही,१७ चैत । नारायणपुर क्षेत्रमा खानेपानीको विकास र विस्तारकालागी डेलिगेशनम काठमाडौ गएको नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले भेटघाट सुरु गरेको छ ।समितिका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण) को नेतृत्वमा राजधानी पुगेको टोलीले खानेपानी तथा ढल निकास आयोगका महानिर्देशक राचन्द्र देवकोटा र सहलगानी आयोजनाका प्रदिपलाल कर्णसँग भेटघाट गरेर ज्ञापनपत्र बुझाएको छ । त्यस अवसरमा आयोजका महानिर्देैशक देवकोटाले खानेपानीको बजेटकालागी योजना छुट्याउने बताउनुभयो ।

feature

साथै उहाँले अघिल्लो फाईल बजेटकालागी अर्थ मन्त्रालयमा पुगेको जानकारी पनि दिनुभयो । यस्तै सहलगानी आयोजनाका कर्णले सहलगानीको बजेट निष्काशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

टोलीमा सांसद राजु खनाल, कांग्रेस क्षेत्र नम्बर ३ का सभापति भुपबहादु्र डाँगी, खानेपानी समितिका सचिव अशोक शर्मा, कोषाध्यक्ष महेश लम्साल, सदस्यहरु सन्तोष केसी र लक्ष्मी आचार्य रहनुभएको छ । साथै टोलीले भोली अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाउने अध्यक्ष रजौरेले जानकारी दिनुभएको छ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com